default_image

8 years ago

September 6, 2017

माल्दिभ्स फर्कन लागेका किरण भन्छन्,‘स्पोर्टस अवार्ड मिस हुन्छ’

135 views

0 Bookmark

  • काठमाडौं (हाम्रो खेलकुद)– ताजकिस्तानसँगको एएफसी एसियन कप छनोट चरण खेल्न आएका राष्ट्रिय टोलीका गोलकिपर किरण चेम्जोङ आज साँझ माल्दिभ्स फर्कदैछन् । कतार एयरवेजबाट कतार हुँदै उनी भोली बिहान माल्दिभ्स पुग्नेछन् । माल्दिभ्सको टिसी स्पोर्टसबाट व्यवासयिक फुटबल खेल्दै आएका किरणको टोलीको धिवेही प्रिमियर लिग (डिपिएल) मा पाँच दिनपछि खेल छ ।

Kiran

उनी भदौं १० मा स्वदेश आइपुगेका थिए । ताजकिस्तानसँग मंगलबार २–१ ले पराजित भएपछि भने किरण निराश भएर फर्कदैछन् । ‘पहिलो हाफमा हामी निकै दबाबमा खेल्यौं । तर, दोस्रो हाफमा हाम्रो प्रदर्शनमा सुधार आएको थियो’ किरणले भने, ‘दोस्रो हाफको प्रदर्शन सुरुबाट गर्न सकेको भए जित्न सकिन्थ्यो, नभए कम्तीमा बराबरी हुन्थ्यो । तर सोचे जस्तो भएन । यसले अगाडिको यात्रामा दबाब पर्ने भयो ।’

टोलीलाई सफलता दिलाउन नसकेपनि व्यक्तिगत रुपमा किरणका लागि यो साता केही सुखद रह्यो । नेपाली खेलकुदको प्रतिष्ठित अवार्ड पल्सर स्पोर्टस अवार्डको बर्षका उत्कृष्ट खेलाडी पुरुषको मनोयनमा उनी परेका छन् । भदौ २६ मा हुने अवार्डमा सरिक हुन नसक्ने हुँदा भने उनी खिन्न छन् । ‘मनोनयनमा पर्न सफल भए । केही गरेको महसुस भएको छ ’ उनले हाम्रो खेलकुद डटकमसँग खुसी साटे, ‘देशकै ठूलो अवार्ड कार्यक्रममा आफु मनोनयन हुँदा पनि बस्न नपाउने भए । साच्चै मैले अवार्ड प्रोग्राम मिस गर्नेछु । मनोनयनमा पर्नु निकै खुसीको कुरा हो ।’

तीन दिनअघि मात्र उनी अन्य ७ खेलाडीसँगै राष्ट्रिय प्रतिभा २०७४ बाट सम्मानित भएका थिए । युवा तथा खेलकुद मन्त्रालयले सम्मान गर्दै उनलाई १ लाख रुपैयाँ प्रदान गरेको थियो । ‘व्यक्तिगत रुपमा यो पटकको यात्रा स्मरणीय रह्यो ’ उनले भने, ‘अझ खेल्न जित्न सकेको भए खुसीको कुनै सिमा हुने थिएन । दुर्भाग्य जित्न सकिएन । बाँकी खेलमा राम्रो नतिजाका लागि प्रयास गर्नेछौं ।’ माल्दिभ्सको डिपिएलमा ८ टोलीको सहभागिता रहेको छ । उनको टोली अंकतालिकाको चौथो स्थानमा छ । उनको टोलीले डिपिएलका ४ खेलमा २ मा जित, १ मा बराबरी र अर्कोमा हार बेहोरेको छ ।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.