8 years ago
September 6, 2017
भरतपुर (हाम्रो खेलकुद)– ‘ए’ डिभिजन क्लबको हारको श्रृखंलालाई रोक्दै नेपाल एपिएफ क्लब प्रथम इपलानेट जेसिज कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेकोछ । नारायणगढको क्याम्पाचौरमा जारी प्रतियोगितामा बिहीबार पोखरा ११ लाई ४–१ ले हराउँदै एपिएफ अन्तिम चारमा पुगेको हो ।

चौथो मिनेटमा रमेश डंगोलको गोलबाट चौथो मिनेटमा अग्रता लिएको एपिएफका लागि ४६ औं मिनेटमा युवराज खड्काले गोल गरे । ५६ औं मिनेटमा रञ्जन विष्टले पेनाल्टीमा गोल थपे । पोखराका लागि ७७ औं मिनेटमा सुनिल विकले गोल गरेका थिए । तर, इन्जुरी समयमा रुपबहादुर लामाले गोल गर्दै टोलीलाई सहज जित दिलाए । एपिएफका युवराज खेलको म्यान अफ दी म्याच घोषित भए ।
१० टोलीको सहभागिता रहेको प्रतियोगितामा ए डिभिजन टोली फ्रेन्ड्स, नेपाल पुलिस र हिमालयन शेर्पा बाहिरिसकेका छन् । सुदूरपश्चिम र हेटौडाको विजय युथ क्लब प्रतियोगिताको अन्तिम चारमा पुगिसकेका छन् । प्रतियोगिताको विजेताले उपाधिसहित ३ लाख ५० हजार तथा दोस्रो हुने टोलीले १ लाख ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
जसिज कपमा बिहीबारको खेल
मनाङ मस्र्याङदीविरुद्ध झापा ११
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]