8 years ago
September 6, 2017
काठमाडौं (हाम्रो खेलकुद) – विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष गियानी इन्फान्टिनोले उपहारमा नेपाली राष्ट्रिय फुटबल टोलीको प्राप्त गरेका छन् ।

नेपाली फुटबल टोलीको जर्सी सहित इन्फान्टिनो गियानी । तस्बिर – एन्फा
अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष नरेन्द्र श्रेष्ठले पठाएको उपहार जर्सी प्रदर्शन गर्दै फिफा अध्यक्ष इन्फान्टिनोले तस्बिर समेत खिचाएका छन् । एन्फाले ९ नम्बर जर्सीमा इन्फान्टिनो नाम समेत छपाएर पठाएको थियो ।
फिफाको एसिया तथा ओसेनियाका सदस्य राष्ट्रका निर्देशक रहेका संञ्जिवन बालासिंघममार्फत एन्फा अध्यक्ष श्रेष्ठले फिफा अध्यक्षलाई उपहार पठाएका थिए । फिफा फरवार्ड अन्तर्गतको सहयोगका लागि बालासिंघम अघिल्लो साता नेपाल आएको एन्फाले जनाएको छ । फिफा फरवार्ड अन्तर्गत फिफाका सदस्य राष्ट्रले विकास योजनाका लागि अनुदान माग गर्न पाउनेछन् ।
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]
December 20, 2025
एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]