default_image

8 years ago

September 6, 2017

झरना कप फुटबलमा १६ टोली

163 views

0 Bookmark

दीपक न्यौपाने
बुटबल– झरना स्पोर्टस क्लबको आयोजनामा ३१ औं झरना रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिता बिहीबार सुरु हुँदैछ । तिलोत्तमा नगरपालिका ६ कुञ्जलापुरमा हुने प्रतियोगितामा १६ टोलीको सहभागिता रहने क्लबका अध्यक्ष लोक पुनले जानकारी दिए ।

विजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने प्रतियोगिताको समूह ‘ए’ माछापुच्छ«े, सौभाग्य, जनज्योति, झरना, फर्साटिकर, न्इू राइज, नव युवा खेलकुद तथा संस्कृति परिवार र युनाइटेड कपिलबस्तु छन् ।

योङ स्टार, केहनानी, गोर्खा ब्वाइज, लिस्नु , न्यू भैरव, क्रिस्टियन, सुपौली र आरके समूह ‘बी’ मा छन् । विजय दशमी तथा दिपावलीको उपलक्ष्यमा हुन लागेको प्रतियोगिताको फाइनल आसोज ६ गते हुनेछ । उद्घाटन खेल माछापुच्छ«े र सौभाग्यबीच हुनेछ ।

रुपन्देही फुटबल संघका अध्यक्ष दीर्घबहादुर केसी (कुमार) ले गर्ने बताइएको छ । प्रतियोगितामा दोस्रो हुने टोलीले ९० हजार तथा सेमिफाइनलमा पराजित हुने दुई टोलीले समान १० हजार रुपैयाँ पाउनेछन् ।

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

December 20, 2025

बोलोग्ना इटालियन सुपर कपको फाइनलमा

एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

Success

Thank you for your time.