default_image

8 years ago

September 7, 2017

खुशी, प्रयास, थ्री एन्जल्र्स र बालमन्दिर सेमिफाइनलमा

121 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सडक बालबालिका फुटबल लिगको सेमिफाइनल समिकरण पुरा भएको छ । समुह चरणका खेलहरु सकिँदा खुसी नेपाल, प्रयास ओसिड, थ्री एन्जल्स र बाल मन्दिरको बी टिम अन्तिम चारमा स्थान बनाउन सफल भएका छन् ।

mandir

त्रिपूरेश्वरस्थित दशरथ रंगशालामा आज सम्पन्न खेलमा थ्री एन्जल्सले शतप्रतिशत जित निकाल्दै समुह ‘बी’ को विजेता बन्यो । अघिल्लो दिन दुई खेल जितेको थ्री एन्जल्सले आज पहिलो खेलमा बालमन्दिरको ‘बी’ टिमलाई ३–० ले हरायो । यस्तै दोस्रो खेलमा थ्री एन्जल्सले लाइट हाउस फाउन्डेसनलाई १–० ले हरायो ।

बालमन्दिर ‘बी’ले दोस्रो खलमा भ्वाइस अफ चिल्ड्रेनबाट बाइ पाएको थियो । समुह एबाट खुसी नेपाल र प्रयास ओसिड सेमिफाइनलमा पुगे । खुसी नेपालले पहिलो खेलमा सोबर रिकभरीलाई ७–० ले हराएको थियो भने दोस्रो खेलमा बालमन्दिरको ए टिममाथि १–० को जित दर्ता गरायो । प्रयास ओसिडले पनि पहिलो खेलमा बालमन्दिर एलाई २–१ ल्े हरायो भने दोस्रो खेलमा आयोजक सेल्टर आश्रय नेपालमाथि १–० को जित हात पार्यो ।

प्रतियोगिताको सेमिफाइनल तथा फाइनल खेल शुक्रबार हुनेछ । सेल्टर आश्रय नेपालको आयोजनामा जारी प्रतियोगितामा अनाथ तथा सडक बालबालिकाको क्षेत्रमा काम गर्दै आएका विभिन्न १० वटा टिमको सहभागिता रहेको थियो । सहभागि टिमबाट उत्कृष्ट खेलाडीबाट मस्कोमा हुने स्ट्रिट चाइल्ड विश्वकपका लागि नेपाली टिमको छनोट गरिनेछ ।

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

December 20, 2025

बोलोग्ना इटालियन सुपर कपको फाइनलमा

एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

Success

Thank you for your time.