8 years ago
September 7, 2017
दिपक न्यौपाने
बुटवल – सौभाग्य युवा क्लब झरना रनिङ्ग शिल्ड फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगिेको छ । रुपन्देहीको कुन्जलापुरमा आज भएको उद्घाटन खेलमा माछापुच्छ«े क्लबलाई टाइब्रेकरमा ४–२ ले हराउँदै सौभाग्य अन्तिम आठमा पुगेको हो ।
उमादेवी निमावीको मैदानमा भएको खेलको निर्धारित समयसम्म दुवै टोलीबाट कुनै पनि गोल नभएपछि निर्णयका लागि खेल पेनाल्टीमा धकेलिएको थियो । खेलमा सौभाग्यका गोलकिपर किशोर थापा म्यान अफ दि म्याच घोषित भए ।
त्यसअघि जिल्ला फुटबल सघं रुपन्देहीका अध्यक्ष दिर्घबहादुर केसी (कुमारले) ले प्रतियोगिताको ३१ औंको संस्करण उद्घाटन गरेका थिए । असोज ६ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले १ लाख ५० हजार तथा दोस्रो हुने टोलीले ९० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
सेमिफाइनलमा पराजित हुने टोलीले समान १० हजार रुपैयाँ पाउनेछन् । प्रतियोगितामा शुक्रबार योङस्टार युवा क्लब मडाहा र मेखानी युवा क्लब ढेकारबीच हुने आयोजक झरना स्पोर्टस क्लबका अध्यक्ष लोक पुनले जानकारी दिए ।
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]
December 20, 2025
एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]