default_image

8 years ago

September 7, 2017

इटहरी मोडल र महेन्द्र मेरोरियल सेमिफाइनलमा

116 views

0 Bookmark

इटहरी (हाम्रो खेलकुद) – इटहरी मोडल स्कुल र महेन्द्र मेमोरियल स्कुल इटहरीमा जारी सुनसरी जिल्ला स्तरिय अन्तर मावि सांसद कप फुटबल प्रतियोगितामा आज विजयी भएका छन् ।

पहिलो खेलमा लर्ड बुद्ध स्कुललाई ३–० ले हराउँदै इटहरी मोडल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । इटहरीको जितमा प्रिन्स चौधरी, किरण बिष्ट र आदर्श राईले गोल गरे । आदर्श खेलको म्यान अफ दी म्याच चुनिए ।

अर्को खेलमा मुन बिन स्कुललाई टाइब्रेकरमा ४–१ ले पराजित गर्दै महेन्द्र मेमोरियल पनि सेमिफाइनल प्रवेश गरेको छ । निर्धारित समयमा गोल रहित बराबरी सकिएपछि खेल टाइब्रेकरमा गएको थियो । महेन्द्र मेमोरियलका समिर पौडेल म्यान अफ दी म्याच घोषित भए ।

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

December 20, 2025

बोलोग्ना इटालियन सुपर कपको फाइनलमा

एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

Success

Thank you for your time.