8 years ago
September 9, 2017
दिपक न्यौपाने
रुपन्देही – रुपन्देहीको कुन्जलापुरमा सन्चालन भैरहेको ३१ औ झरना रनिङ शिल्ड नकआउट फुटबल प्रतीयोगीतामा शनिबार सम्पन्न खेलमा आयोजक झरना स्पोर्टस क्लब कुन्जलापुर बिजयी भएको छ । आयोजकले जनज्योती युवा क्लब डिङगनगरलाइ ३ —२ ले पाखा लगायो ।

निकै प्रतीस्पर्धात्मक खेलमा आयोजकका लागी बिबेक पाण्डेले २ गोल गरे भने एक गोल बिबेक पुनको नाममा रह्यो । उता जनज्योतीको लागी अमित सुनारले एक गोल गरेका थिए भने पाहुना टिमले एक आत्मघाती गोल पाएको थियो । खेलमा आयोजक झरना स्पोर्टस क्लबका उदयमान युवा खेलडी बिबेक पुन म्यान अफ दी म्याच घोषीत भए ।
झरनाले यहि ३० गते हुने क्वाटरफाइनलमा सौभाग्य युवा क्लब बुटवलसग प्रतीस्पर्धा गर्ने छ । प्रतीयोगीतामा भोली आइतबार गतबर्षको बिजेता गोर्खा ब्याइजले लिस्नु युवा क्लब कोटीहवासग प्रतीस्पर्धा गर्ने क्लबका अध्यक्ष लोक पुनले जानकारी दिए । असोज ६ गतेसम्म चल्ने प्रतीयोगीतामा रुपन्देही कपिलबस्तु र नवलपरासीका गरी १६ टिमको सहभागीता रहेको छ ।
३१ औ संस्करणको बिजेताले नगद १ लाख ५० हजार ,दोस्रोले ८५ हजार तथा सेमीफाइनलीस्ट दुइ टिमले १०,१० हजारका साथै शिल्ड र मेडल प्राप्त गर्नेछ । खेल उमा निमाबीको खेल मैदान कुन्जलापुरमा सन्चालन भैरहको छ ।
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]
December 20, 2025
एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]