default_image

7 years ago

September 14, 2017

रियलको जितमा रोनाल्डोको २ गोल

म्याड्रिड (एजेन्सी)– क्रिस्टियानो रोनाल्डोले  १२ औं मिनेटमा नै गोल गरेको खेलमा साविक विजेता रियल म्याड्रिडले च्याम्पियन्स लिगमा सहज विजयी सुरुआत गरेको छ । रोनाल्डोले २ गोल गरेको खेलमा रियलले एपोएललाई ३–० ले हराएको छ । रोलान्डोमाथि स्पेनिस लिगमा अझै प्रतिबन्ध बाकी छ । सुपर कपको पहिलो लेगमा रेफ्रीलाई धक्का दिएपछि उनीमाथि पाँच खेलको प्रतिबन्ध लागेको […]

16 views

0 Bookmark

म्याड्रिड (एजेन्सी)– क्रिस्टियानो रोनाल्डोले  १२ औं मिनेटमा नै गोल गरेको खेलमा साविक विजेता रियल म्याड्रिडले च्याम्पियन्स लिगमा सहज विजयी सुरुआत गरेको छ । रोनाल्डोले २ गोल गरेको खेलमा रियलले एपोएललाई ३–० ले हराएको छ ।

रोलान्डोमाथि स्पेनिस लिगमा अझै प्रतिबन्ध बाकी छ । सुपर कपको पहिलो लेगमा रेफ्रीलाई धक्का दिएपछि उनीमाथि पाँच खेलको प्रतिबन्ध लागेको छ । तर, जति बेला उनी खेलमा फर्कन्छन्, हरेक खेलमा उनको प्रभाव रहने गर्दछ ।

जिनेदिन जिदानको टोलीमा तिघ्राको चोटका कारण करिम बेन्जिमा समावेश थिएनन् । रियलले ला लिगमा पछिल्लो दुई खेलमा बराबरी खेलेको थियो । रोनाल्डोको पहिलो गोलका लागि गेराथ बेलको भूमिका रह्यो ।

१२ औं मिनेटमा काउन्टर एट्याकमा इस्कोले अघि बढाएको बललाई बेलले क्रस दिएपछि रोनाल्डाले घरेलु मैदानमा गोल गरेका थिए । लगत्तै बेलले अर्को पास दिएका थिए तर त्यसमा रोनाल्डोले हेड गरेको बल पोस्ट नजिकबाट बाहिरिएको थियो । दोस्रो हाफको सुरुआतमै रियलले गोलअन्तर दोब्बर पार्यो ।

रक्षक रोबेर्टो लागोको ह्यान्डपछि रियलले पेनाल्टी पायो र त्यसलाई रोनाल्डोले गोलमा परिणत गरे । च्याम्पियन्स लिगमा रोनाल्डोको त्यो १ सय सातौं गोल हो । ६१ औं मिनेटमा सर्जियो रामोसले बाइसाइकल किकमार्फत गोल गर्दै रियलको जित सहज बनाए । समूह एचको अर्को खेलमा टोटेनह्यामले बारुसिया डर्टमन्डलाई ३–१ ले हरायो ।

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.