default_image

7 years ago

September 14, 2017

नेपाल फिफा वरियतामा ओरालो लाग्दै

काठमाडौं (हाम्रो खेलकुद) – नौं दिन अघि घरेलु मैदानमा ताजकिस्तानसँग पराजित नेपाल फिफा वरियतामा ६ स्थान तल झरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सेप्टेम्बरका लागि जारी गरेको वरियतामा ६ स्थान खस्कदै नेपाल १ सय ७५ औं स्थानमा पुगेको हो । एएफसी एसियन कप छनोटअन्तर्गत सेप्टेम्बर ५ मा नेपाल ताजिकस्तानसँग २–१ ले पराजित भएको […]

30 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नौं दिन अघि घरेलु मैदानमा ताजकिस्तानसँग पराजित नेपाल फिफा वरियतामा ६ स्थान तल झरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सेप्टेम्बरका लागि जारी गरेको वरियतामा ६ स्थान खस्कदै नेपाल १ सय ७५ औं स्थानमा पुगेको हो ।

Lineup

एएफसी एसियन कप छनोटअन्तर्गत सेप्टेम्बर ५ मा नेपाल ताजिकस्तानसँग २–१ ले पराजित भएको थियो । यसैबीच दक्षिण एसियाको शीर्ष स्थानमा रहेको भारत १० स्थान तल झर्दै १ सय ७ औं पुगेको छ । यसैगरी माल्दिभ्स १२ स्थान ओरालो लाग्दै १ सय ५४ औं स्थानमा छ ।

वरियतामा दक्षिण एसियाकै भुटान ९ स्थान खस्कदै १ सय ७४ औं पुगेको छ । नेपालभन्दा पछि रहेको बंगलादेश ७ स्थान तल झर्दै १ सय ९६ औं स्थानमा, १ स्थान तल झरेका श्रीलंका १ सय ९८ औं र पाकिस्तान २ सयौं स्थानमा यथावत रहेको छ ।

फिफाले जारी गरेको वरियतामा दक्षिण एसियाको पाकिस्तान बाहेक सबै देशहरु वरियताका क्रममा ओरालो लागेका छन् । फिफा वरियतामा जर्मनी शिर्ष स्थानमा रहदा ब्राजिल दोस्रो, पोर्चुगल तेस्रो, अर्जेन्टिना चौथो स्थानमा रहेका छन् ।

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.