8 years ago
September 14, 2017
काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) ले यसपटक होम एन्ड अवेका आधारमा १६ क्लबलाई ‘ए’ डिभिजन लिग खेलाउने प्रस्ताव गर्ने भएको छ । राजधानीका १२ ए डिभिजन क्लब र २०७२ मा राष्ट्रिय लिग खेलेका मोफसलका ४ क्लबलाई समेटेर यो पटक लिग गराउने एन्फाको तयारी छ ।
एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठको अध्यक्षतामा आज बसेको केन्द्रिय समितिको बैठकले १६ टोलीसम्मको लिग गराउने निर्णय गरेको हो । यद्दपी प्रस्ताव गरिएका सबै टोलीले लिग खेल्ने नखेल्ने विषयमा भने टुंगो लागि नसकेको एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले हाम्रो खेलकुद डट कमलाई जानकारी दिए ।
‘राजधानीका ए डिभिजन क्लब बाहेक राष्ट्रिय लिग खेल्ने चार टोलीलाई पनि खेल्न आव्हान गर्ने निर्णय भएको छ,’ उनले भने,‘उहाँहरु खेल्न तयार हुनु नहुने छलफलमा बसेपछि मात्र टुंगो लाग्नेछ ।’ तुलाधरका अनुसार एन्फाले अनुमान गरेजस्तै १६ टोलीले नै खेल्ने कुनै निश्चित भइ सकेको छैन ।
ए डिभिजन टोलीबाहेक मोफसलका झापा ११, मोरङ, रुपन्देही र सुदूरपश्चिमाञ्चल क्लबले पछिल्लो पटक आयोजना भएको राष्ट्रिय लिग खेलेका थिए । यदि मोसफलका टोलीले खेल्न तयार भएमा विना कुनै श्रेणीको प्रतिस्पर्धा चार क्लबले ए डिभिजनको मान्यता पाउनेछन् ।
जुन नेपालमा यसअघि विभागिय टोलीले मात्र सोझै ए डिभिजनको मान्यता पाएका थिए । अन्य क्लबले भने छनोट, सी, बीमा बढुवा हुँदै ए डिभिजनमा पुग्नुपर्ने हुन्थ्यो । एन्फाले यसअघि नै मंसिरबाट ए डिभिजन लिग गराउने निर्णय गरेको थियो । यद्दपी एन्फाले यो वर्षका लागि मिति तोकेको त्यो चौथो पटक हो ।
ए डिभिजन क्लब – रुस्लान थ्री स्टार , फ्रेन्ड्स , त्रिभुवन आर्मी, नेपाल पुलिस, एपिएफ, लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी, सिएमजी क्लब संकटा, हिमालयन शेर्पा, सरस्वती, ब्रिगेड ब्वाइज, जावलाखेल
राष्ट्रिय लिग खेलेका मोसफलका चार क्लब – झापा ११, मोरङ,जगदम्बा लुम्बिनी , सुदूर पश्चिमाञ्चल
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]