default_image

8 years ago

September 15, 2017

फिफामा सबैभन्दा तिब्र गतिका खेलाडी अउबामियाँङ

108 views

0 Bookmark

फ्लोरिडा (एजेन्सी)- विश्वप्रसिद्ध गेमिंग कम्पनी इलेक्ट्रोनिक आर्टस (इए) स्पोट्र्सले यस बर्षको फिफा २०१८ भिडियो गेम यहि सेप्टेम्बर २९ मा रिलिज गर्दैछ । हरेक वर्ष इएले यस गेमको नयाँ संस्करण सार्वजनिक गर्ने गरेको छ । वास्तविक खेल जस्तै भिडियो गेममा पनि फुटबल त्यतिनै लोकप्रिय रहेको छ । अघिल्लो वर्ष सर्वाधिक बिक्रि हुने इलेक्ट्रोनिक्स गेमको सूचीमा फिफा १७, ९औं स्थानमा रहेको थियो।

इएले यो वर्षको फिफामा सम्मिलित उत्कृष्ट १ सय खेलाडीको सुची पनि सार्वजनिक गरिसकेको छ । इएले यो बर्ष पनि ९४ रेटिङ सहित क्रिस्टियानो रोनाल्ड़ो नै पहिलो स्थानमा राखेको छ । लियोनल मेस्सी ९३ रेटिङ सहित दोस्रो स्थानमा छन् । नेयमार, नोयर र लुइस स्वारेज ९२ रेटिङ सहित संयुक्त रुपमा तेस्रो स्थानमा छन् ।

फिफामा खेलाडीहरुको रेटिंग गति, सुटिंग क्षमता, पास, ड्रीब्लिंग, डिफेन्स र शाररिक क्षमताका आधारमा तय गरिन्छ। फिफाले सबै भन्दा उच्च गतिमा सबै  भन्दा बढी रेटिंग डर्टमुण्डका फरवार्ड पिएरे एमेरिक अउबामियाँङ र स्पार्टा प्रागका जोनाथान बियाबियानीलाई दिएको छ। उनिहरुको गति ९६ रहेको छ। विश्वका दुई उत्कृष्ट खेलाडीहरु रोनाल्डो र मेस्सी तीब्र गति भएका खेलाडीहरुको सूचीमा उत्कृष्ट २०मा पर्न असफल भएका छन्।

उत्कृष्ट गति भएका खेलाडीहरु यस प्रकार छन्:

पिएरे एमेरिक अउबामियाँङ (डर्टमुण्ड)- ९६

जोनाथान बियाबियानी (स्पार्टा प्राग)- ९६

हेक्टर बेलारिन (आर्सनल)- ९५

माथिस बोली (ग्रयूथेर फुर्थ)- ९५

एरनेस्ट असान्ते (नर्दजेल्याण्ड)- ९५

योर्गेन ड्याम (टिग्रेस)- ९५

गारेथ बेल (रियल मड्रीड)- ९४

लेरोय साने (म्यानचेस्टर सिटी)- ९४

डेभिड अकाम (सिकागो फायर)- ९४

केकुटा माने (कोलम्बस क्रु)- ९४

जोनास अगुइर्रे (प्युब्ला)- ९४

गेल्सन मार्टिन्स (स्पोर्टिंग सिपी)- ९४

सादियो माने (लिभरपूल)- ९३

जोर्डी अल्बा (बार्सिलोना)- ९३

लुकास (पिएसजी)- ९३

मोहम्मद सलाह (लिभरपूल)- ९३

रहिम स्टरलिंग (म्यानचेस्टर सिटी)- ९३

गेरार्ड डेउलोफेउ (बार्सिलोना)- ९३

ब्रुमा (लेपजिग)- ९३

इनाकी विलियम्स (एथलेटिक बिल्बाओ)- ९३ 

 

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

December 7, 2025

मेस्सीसम्मिलित इन्टर मियामीलाई एमएलएस कप

एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्‍यो। मियामीका गोलरक्षक रोको रिओस […]

Success

Thank you for your time.