8 years ago
September 15, 2017
काठमाडौं (हाम्रो खेलकुद)- साफ यू–१८ फुटबल च्याम्पियनसिपमा सहभागिता जनाउन लागेको नेपाली यू–१८ फुटबल टोलीललाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिदाई गरेको छ । यू–१८ टोलीलाई युवा तथा खेलकुद मन्त्री राजेन्द्र कुमार केसी, एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठ लगायतले बिदाईं गरे ।
टोली शनिबार दिउँसो त्यसतर्फ प्रस्थान गर्दैछ । बिदाई कार्यक्रममा बोल्दै प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्री केसीले टोलीलाई जितेर आउन शुभकामना व्यक्त गरे । मन्त्री केसीले जोश र जाँगरका साथ खेले जित सुनिश्चित रहेको पनि बताए । यस्तै एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठले डिफेन्डिङ च्याम्पियनको नाताले प्रशिक्षकहरुबाट जति सिकेको छ त्यो सबै खेलमा प्रस्तुत गरे अवस्य पनि जित्न सकिने बताए । अध्यक्ष श्रेष्ठले युवाहरु नेपाली फुटबलको भविष्य रहेको भन्दै राउण्ड रोविन लिगमा खेल्न पाउनु टिमको लागि ठुलो मौका रहेको बताए ।
भुटानमा आयोजना हुन लागेको दोस्रो साफ यू–१८ फुटबल च्याम्पियनसिपमा नेपालले आयोजक भुटानसँग असोज ४ गते खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ । यस्तै दोस्रो खेलमा असोज ६ गते माल्दिभ्स, असोज ९ गते बंगलादेश र असोज ११ गते भारतको सामना गर्नेछ । प्रतियोगिताबाट श्रीलंकाले आफ्नो नाम फिर्ता लिएपछि दक्षिण एसियाली फुटबल फेडेरेसन (साफ) ले बुधबार प्रतियोगिता राउण्ड रोविन लिगको आधारमा गर्ने घोषणा गर्दै खेल तालिका सार्वजनिक गरेको थियो ।
प्रतियोगितामा सहभागी सबै टोलीले एकअर्कासँग खेल्नेछ भने लिगको शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ । अंकको आधारमा दोस्रो र तेस्रो हुनेछ । प्रतियोगिताको सबै खेल थिम्पुस्थित च्यामलिमथाम रंगशालामा हुनेछ । भुटानमा हुन लागेको साफ यू–१८ च्याम्पियनसिप साफ यू–१९ को दोस्रो संस्करण हो । पहिलो संस्करण नेपालमै भएको थियो । जसमा नेपाल च्याम्पियन बनेको थियो ।
एएफसी ले यू–१९ च्याम्पियनसिपको आयोजना गर्ने भएपछि त्यसैको तयारी स्वरुप साफले यू–१८ फुटबल च्याम्पियनसिपको आयोजना गरेको हो । एफसी यू–१९ फुटबल च्याम्पियनसिपको छनोट खेल अक्टोबरमा किर्गिस्तानमा आयोजना हुदैछ । एन्फाले बुधबार नै २३ सदस्यीय टोलीको घोषणा गरेको थियो ।
नेपाली यू–१८ टोली
१. सन्देश गुरुङ (गोलरक्षक) २. अभिषेक बराल (गोलरक्षक) ३. अर्पण कार्की (गोलरक्षक) ४. सुमन अर्याल (डिफेन्डर) ५. विश्वास उदास (डिफेन्डर) ६. रोमन लिम्वु (डिफेन्डर) ७. आकाश श्रेष्ठ (डिफेन्डर) ८. अशिम भूषाल (डिफेन्डर) ९. बिकास खवाास (डिफेन्डर) १०. निराजन महर्जन (डिफेन्डर) ११. राजन गुरुङ (डिफेन्डर)
१२. दिनेश हेन्जन (मिडफिल्डर) १३. अशोक थापामगर (मिडफिल्डर) १४. अभिषेक रिजाल (मिडफिल्डर) १५. एरिक विष्ट (मिडफिल्डर) १६. अनिल महर्जन (मिडफिल्डर) १७. सेसाङ आङदाम्वे (मिडफिल्डर) १८. राजीव लोप्चन (मिडफिल्डर) १९. राम वोजी (मिडफिल्डर)
२०. धिरज श्रेष्ठ (फरवार्ड) २१. रेजिन सुब्बा (फरवार्ड) २२. प्रिजन तामाङ (फरवार्ड) २३. दिपेश आलेमगर (फरवार्ड)
मुख्य प्रशिक्षकःछिरिङ लोप्साङ गुरुङ सहायक प्रशिक्षकः पुष्कर शाही गोलरक्षक प्रशिक्षकः मृगेन्द्र मिश्र टिम म्यानेजरः गणेश चन्द
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]