default_image

8 years ago

September 15, 2017

बार्सिलोनाबाट प्रस्ताव आएको इस्कोले गरे खुलासा

141 views

0 Bookmark

म्याड्रिड (एजेन्सी) – रियल म्याड्रिड र स्पेनिस मिडफिल्डर इस्कोबीच पाँच वर्षे सम्झौता भएपछि उनले रियल नछाड्ने पक्का भइसकेको छ । यो सिजनको अन्त्यसँगै इस्कोको सम्झौता सकिने भएकोले बार्सिलोना लगायतका क्लबले उनलाई प्रस्ताव गरेको खुलासा गरेका छन् ।

isco

बिहीबार रियलसँग नँया सम्झौतामा पुगेका इस्कोलाई भित्राउन बार्सिलोना र म्यानचेस्टर सिटी इच्छुक थिए । ‘हो,केहि कुरा भएको थियो तर मैले कहिल्यै चासो दिएर सुनिन,’ इस्कोले भने,‘ मेरो लक्ष्य रियलको पहिलो रोजाइमा परेर उपाधि जित्नु हो ।’

प्रशिक्षक जिनेदिन जिदानले पहिलो दिनबाट आफ्नो हौसला बढाएको इस्कोले बताए । ‘जिदानले क्लब सम्हालेको पहिलो दिनमा म प्रति विश्वास रहेको बताएका थिए । यसले मेरो हौसला बढेको छ,’ उनले थपे,‘ हामीले आफ्नो मात्र नभएर सम्पूर्ण टिमको बारेमा सोच्न जरुरी छ ।’ रियल र इस्कोबीच लामो समयदेखि सम्झौता हुन सकेको थिएन ।

रियल चोटको समस्या बढे पछि प्रशिक्षक जिदानले ४–४–२ को फर्मेसन अपनाएपछि इस्कोले रियलको पहिलो रोजाइमा निरन्तर स्थान पाउँदै आएका छन् । ग्यारेथ बेलको चोटपछि टोलीमा निरन्तर स्थान पाएका उनले अवसरको सदुपयोग गर्ने क्रममा टोलीमा उच्च प्रदर्शन गरिरहेका छन् । मलागाबाट २०१३ मा रियलसँग आवद्ध इस्कोले गत सिजन ३० खेलमा १० गोल गरेका थिए ।

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

December 7, 2025

मेस्सीसम्मिलित इन्टर मियामीलाई एमएलएस कप

एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्‍यो। मियामीका गोलरक्षक रोको रिओस […]

Success

Thank you for your time.