default_image

8 years ago

September 16, 2017

यु-१८ फुटबल टोली आज भुटान जाँदै; अन्तिम तयारीको फोटो फिचरसहित

143 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद)- साफ यू– १८ फुटबल च्याम्पियनसिपमा सहभागिता जनाउन लागेको नेपाली यू–१८ फुटबल टोली आज दिउँसो १:३० बजे भुटान तर्फ जाँदैछ।  नेपालले प्रतियोगितामा पहिलो खेल सेप्टेम्बर २० मा आयोजक राष्ट्र भुटान सँग खेल्ने छ।

 

प्रतियोगितामा सहभागी सबै टोलीले एकअर्कासँग खेल्नेछ भने लिगको शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ । अंकको आधारमा दोस्रो र तेस्रो हुनेछ । प्रतियोगिताको सबै खेल थिम्पुस्थित च्यामलिमथाम रंगशालामा हुनेछ । भुटानमा हुन लागेको साफ यू–१८ च्याम्पियनसिप साफ यू–१९ को दोस्रो संस्करण हो । पहिलो संस्करण नेपालमै भएको थियो । जसमा नेपाल च्याम्पियन बनेको थियो ।

तस्विरहरु: विवेक सुवेदी/ हाम्रोखेलकुद

एएफसी ले यू–१९ च्याम्पियनसिपको आयोजना गर्ने भएपछि त्यसैको तयारी स्वरुप साफले यू–१८ फुटबल च्याम्पियनसिपको आयोजना गरेको हो । एफसी यू–१९ फुटबल च्याम्पियनसिपको छनोट खेल अक्टोबरमा किर्गिस्तानमा आयोजना हुदैछ । एन्फाले बुधबार नै २३ सदस्यीय टोलीको घोषणा गरेको थियो ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.