8 years ago
September 16, 2017
गेटाफे (एजेन्सी) – यस सिजन ला लिगामा अपराजित रहेको बार्सिलोना आज साँझ गेटाफेसँग उसैको घरेलु मैदानमा भिड्दै छ । तीन खेलमा शतप्रतिशत नतिजासहित बार्सिलोना अंक तालिकाको अग्रस्थानमा रहेको छ ।
मंगलबार राती युभेन्टसलाई च्याम्पियन्स लिगमा ३-० ले हराएको बार्सिलोनाले यस खेलमा आफ्ना केही खेलाडीहरुलाई विश्राम दिने सम्भावना छ । बार्सिलोनाले आफ्नो अघिल्लो लिग खेलमा पनि इस्पानियोललाई ५-० को फराकिलो गोलअन्तरले हराएको थियो । बार्सिलोनाका लागि आर्दा टुरान अझै घाइते रहेकाले उनी खेलमा सहभागी हुने छैनन् ।
अर्को तर्फ गेटाफेले पनि पछिल्लो लिग खेलमा लेगानेसलाई २-१ ले हराएको थियो । टोली सन्तुलित देखिएकाले गेटाफेले टोलीमा धेरै परिवर्तन गर्ने असम्भाव्य देखिन्छ । लिगमा ३ खेल खेलिसकेको गेटाफे भने ४ अंकसहित तालिकाको दसौँ स्थानमा अवस्थित छ ।
आफ्ना अघिल्ला १० लिग खेलमा सबै आफ्नो पक्षमा पार्न सफल रहेको बार्सिलोनाले गेटाफे विरुद्ध भने झन् पछिल्ला १७ खेलमध्ये १४ मा जित हांसिल गरेको छ । ३ खेलमा ९ गोल पनि गरेको बार्सिलोनाको यो सिजनको सुरुवात अहिलेसम्मकै उत्कृष्ट रहेको समेत क्लबले जनाएको छ ।
५ गोलसहित लिगका सर्वाधिक गोलकर्ता रहेका लियोनल मेस्सी पनि आफ्नो त्यस सङ्ख्यामा वृद्घि गर्ने दाउमा हुनेछन् । खेल आज साँझ नेपाली समयअनुसार ८ बजे सुरु हुने छ ।
नेपाली समय अनुसार आजका अन्य ला लिगाको खेलहरु
लेभान्टे विरुद्ध भ्यालेन्सिया ४.४५ बजे
रियल बेटिस विरुद्ध डेपोर्टिभो १०.१५ बजे
एट्लेटिको म्याड्रिड विरुद्ध मालागा (राती) १२.३० बजे
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]