default_image

8 years ago

September 16, 2017

पौलिन्होको निर्णायक गोलमा बार्सिलोनाको जित

102 views

0 Bookmark

गेटाफे (एजेन्सी)– बार्सिलोनाले ला लिगमा शत प्रतिशत नतिजालाई निरन्तरता दिएको छ । ब्राजिलियन मिडफिल्डर अन्तिम समयमा पौलिन्होले निर्णायक गोल गरेपछि बार्सिलोनाले गेटाफेमाथि २–१ को जित निकाल्न सफल भएको छ । Paulinho
घरेलु टोलीले पहिलो हाफमा १–० को अग्रता लिएपनि दोस्रो हाफमा त्यसलाई जोगाउन सकेन । गाकु सिबासाकीले ३९ औं मिनेटमा गोल गर्दै गेटाफेलाई अग्रता दिलाएका थिए ।

बार्सिलोनाका प्रशिक्षक एर्नेस्टो भाल्भर्देले दोस्रो हाफमा इनियेस्टाको स्थानमा डेनिस स्वारेजलाई मौका दिएका थिए । उनै स्वारेजले ६२ औं मिनेटमा बार्सिलोनालाई बराबरी गोल दिलाए । त्यस्तै ८४ औं मिनेटमा मेस्सीको पासलाई सदुपयोग गर्दै पौलिन्होले पाहुना टोलीको लागि विजयी गोल गरे । २९ वर्षे पौलिन्होको बार्सिलोनामा तेस्रो खेलमा पहिलो गोल हो । बार्सिलोनाले यो सिजन सबै ४ खेल जितेर १२ अंक जोड्दै शीर्षस्थानमा रहेको छ ।

हाइलाइट्स

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

December 7, 2025

मेस्सीसम्मिलित इन्टर मियामीलाई एमएलएस कप

एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्‍यो। मियामीका गोलरक्षक रोको रिओस […]

December 6, 2025

म्यानचेस्टर सिटीको जित, चेल्सी रोकियो

एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल‌ गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं  र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल‌ गरेका थिए। ६५ […]

Success

Thank you for your time.