8 years ago
September 17, 2017
दिपक बोहोरा
पाँचथर– खेल मैदानको बजेट ‘फ्रिज’ भएपछि त्यसको दोष जिल्ला खेलकुद विकास समिति पाँचथर र फिदिम उच्च माविबीचले एकअर्कालाई दिन थालेका छन् । फिदिम उमाविको स्वामित्वमा रहेको खेल मैदानको मर्मतको लागि छुटिएको बजेट १० लाख रुपैयाँ काम हुन नसकेर फ्रिज भएको छ ।
अहिले फ्रिज हुनुको दोष दुई पक्षले एकअर्कालाई लगाउने गरेका छन् । जिल्ला खेलकुद समिति मार्फत सञ्चालन गर्ने गरी प्राप्त रकमबाट खेल मैदानको स्तर उन्नती गर्न सकिने रकम काममै नगरी फिर्ता भएको हो । आर्थिक वर्ष २०७३÷०७४ मा मैदान मर्मतका लागि बजेट विनियोजन भएको थियो ।
जिल्ला खेलकुद विकास समितिकी अध्यक्ष बाबा मेन्याङबोले फिदिम माविले चासो नदिदा बजेट फ्रिज भएको आरोप लगाइन् । ‘सुरुमा ५ लाख रुपैयाँ बजेट रहेकोमा आफैले पहल गरेर १० लाख बनाईयो तर काम हुन सकेन,’ मेन्याङबोलले भनिन्, ‘फिदिम बजार क्षेत्रमा रहेको एकमात्र खेलमैदान बनाउन सकिएन । फिदिम माविको जग्गा भएपनि उहाँहरुले चासो देखाउनु भएन । बरु अन्यत्र बजेट लगाएको भए काम हुने थियो ।’
फिदिम उच्च माविका व्यवस्थापन समितिका अध्यक्ष रमेश प्रधानाङ्ग बजेट फ्रिज हुनुमा विद्यालय दोष रहेको मान्न तयार छैनन् । जिल्ला खेलकुद विकास समितिकै कारण बजेट फ्रिज भएको उनको आरोप छ । मैदानका लागि छुटिएको बजेट खर्च गर्न नसक्नु दुःखद भएको उनको गुनासो छ ।
‘सुरुमा खेलकुद विकास समितिलाई खेलकुद गतिविधिको स्वामीत्व दिन पर्ने गरी ५ लाखको सम्झौता गर्न पत्र आएको थियो । स्वामित्व दिने विषयमा विद्यालय तयार हुने कुरा भएन,’ प्रधानाङ्गले भने, ‘संसोधन गरेर सम्झौता गर्न आउन भन्यौ । उहाँहरु लामो समयसम्म आउनु भएन । आर्थिक बर्ष सकिन केहि दिनमात्र बाँकी रहँदा बजेट १० लाख रुपैया भएको भन्दै आउनु भयो । अन्तिम समयमा काम गर्न सक्ने अवस्था थिएन । ’
जिल्लाकै प्रतिष्ठित फाल्गुनन्द गोल्ड कप , पाँचथर गोल्ड कप जस्ता प्रतियोगिता आयोजना हुने मैदान मर्मतमा ध्यान नदिदा पहिलाभन्दा मैदानको स्वरुप कुरुप बन्दै गएको छ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]