default_image

8 years ago

September 17, 2017

किरणको टोलीलाई लगातार सफलता

98 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीको गोलकिपर किरण चेम्जोङको माल्दिभियन टोलीले टिसी स्पोर्टस धिवेही प्रिमियर लिग (डिपिएल) को दोस्रो स्थानमा उक्लेको छ । गए राती बलियो माजियालाई १–० ले हराएसँगै टिसी स्पोर्टस एक स्थानमा माथि उक्लेको हो ।

गोलकिपर किरण चेम्जोङ । फाइल तस्बिर

६ खेपछि किरणको टोलीको १३ अंक पुगेको छ । इब्राहिम वाहिल हसनले गरेको गोलमा टिसी स्पोर्टसले महत्वपूर्ण जित हासिल गरेको थियो । गत सोमबार टिसिटी स्पोर्टसले मालहोसलाई ३–२ ले हराएको थियो । किरण लिग खेलिरहँदा यता काठमाडौंमा उनी पल्सर स्पोर्टस अवार्डमा वर्षको उत्कृष्ट खेलाडी विजेता बनेका थिए ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.