default_image

8 years ago

September 18, 2017

यू–१६ फुटबल टोली घोषणा

128 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले सन् २०१८ मा मलेसियामा हुने एएफसी यू–१६ च्याम्पियनसिप छनोट खेलको लागि नेपालीटोलीको घोषणा गरेको छ । एन्फाले सोमबार रोशन रानामगरको कप्तानीमा २३ सदस्यीय टिमको घोषणा गरेको हो ।

एएफसी च्याम्पियनसिप अन्र्तगत समूह ‘डी’ को खेल नेपालले आयोजना जिम्मेवारी पाएको छ । छनोटका खेलहरु बुधबारबाट शुरु हुनेछ । च्याम्पियनसिपका सबै खेलहरु हल्चोकस्थित नेपाल एपिएफ क्लबको खेल मैदानमा हुनेछ ।

नेपालले बुधबार समूह चरणको पहिलो खेलमा नेपालले इराकसँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ । यस्तै नेपालले दोस्रो खेलमा शुक्रबार साफ यू–१६ च्याम्पियन भारतको तथा समूह चरणको अन्तिम खलेमा प्यालेष्टाइनसँग खेल्नेछ ।

एसियाका ४५ देशले सहभागिता जनाएको यस छनोट खेलबाट १६ टोली मलेसियामा हुने एएफसी यू–१६ च्याम्पियनसिपको लागि छनोट हुनेछ । एसियाका ४५ देशलाई १० समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष टोली स्वत छनोट हुनेछ भने, ६ वटा उत्कृष्ट समूह उपविजेता पनि च्याम्पियनसिपको लागि छानिनेछ ।

नेपाल एक महिना अघि नेपालमै भएको साफ यू–१६ च्याम्पियनसिपमा दोस्रो भएके थियो । फाइनलमा नेपाल भारतसँग पराजित भएको थियो ।

नेपाली टोली

१. रोशन रानामगर (कप्तान)
२. रञ्जन पुन (उपकप्तान)
३ विशाल सुनार
४.सिदार्थ थापामगर
५. रोहित कार्की
६. रोशन दोङ
७. रनदिप पौडेल
८. दीपक भण्डारा
९. असिम गुरुङ
१०. सुवास कार्की
११. सञ्जीव अर्याल
१२. पूकार खड्का
१३. शेरव लो तामाङ
१४. सौगता खवास
१५. सञ्जु श्रेष्ठ
१६. कार्लाेस बखारिया
१७. अशोक किङरिङ मगर
१८. एञ्जल महर्जन
१९. दर्शन गुरुङ
२०. अभिषेक श्रेष्ठ
२१. ब्रिजेश चौधरी
२२. आकाश बुढामगर
२३. निशान रावल

प्रशिक्षकः सुनिल कुमार श्रेष्ठ, सहायक प्रशिक्षकः सन्जोक श्रेष्ठ, गोलरक्षक प्रशिक्षकः बिकास मल्ल, प्रशिक्षकः नवीन महर्जन, टिम म्यानेजरः रविन्द्र जोशी, अफिसियलः अच्युत राज घिमिरे, प्राविधिक निर्देशकः तोकेदा चियाकी, फिजियोः सुमित श्रेष्ठ

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.