8 years ago
September 19, 2017
काठमाडौं (हाम्रो खेलकुद)– एएफसी यू–१६ च्याम्पियनसिप अन्तर्गत समूह ‘डी’ को छनोट खेलहरु राजधानीमा बुधबार सुरु हुँदैछ । हल्चोकस्थित नेपाल एपिएफ क्लबको मैदानमा नेपालले पहिलो खेलमा बलियो प्रतिद्वन्द्वि इराकको सामना गर्दैछ । खेल दिउँसो ३ः३० बजेमा सुरु हुनेछ । त्यसअघि भारत र प्यालेस्टाइनबीचको खेल १२ बजे सुरु हुनेछ ।

साफ यू-१५ च्याम्पियनसिप अन्तर्गत भारतसँगको खेलमा नेपाली खेलाडी । भारत र नेपाल छनोट अन्तर्गत फेरी भिड्ने छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार रोशन रानामगरको कप्तानीमा २३ सदस्यीय टिमको घोषणा गरेको थियो । यस्तै नेपालले दोस्रो खेलमा शुक्रबार साफ यू–१५ च्याम्पियन भारतको तथा समूह चरणको अन्तिम खेलमा प्यालेष्टाइनसँग खेल्नेछ । गत महिनामात्र नेपाल र भारतबीच फाइनलसहित दुई पटक भेट भएको थियो । दुवै खेलमा नेपाल २–१ ले पराजित भएको थियो ।
एसियाका ४५ देशले सहभागिता जनाएको छनोट प्रतियोगिताबाट १६ टोली मलेसियामा हुने एएफसी यू–१६ च्याम्पियनसिपमा पुग्नेछन् । सहभागी टोलीलाई १० समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष टोली स्वतः छनोट हुनेछन् । ६ वटा उत्कृष्ट समूह उपविजेता पनि च्याम्पियनसिपमा पुग्नेछन् ।
नेपाली युवा टोलीका मुख्य प्रशिक्षक सुनिल कुमार श्रेष्ठले तयारी राम्रै रहेकाले पहिलो खेलमा इराकसँग जितको लक्ष्यसहित उत्रने बताएका छन् । ‘साफपछि हामीले एक दिन विश्राम बसेर एएफसी च्याम्पियनसिपको तयारीमा जुट्यौ । खेलाडीहरुले तयारीमा मिहेनत गरेका छन्’ प्रशिक्षक श्रेष्ठले प्रि म्याच कन्फ्रेन्समा भने, ‘इराक बलियो प्रतिद्वन्द्वि हो । पहिलो खेल महत्वपूर्ण हुन्छ । तर हामी इराकविरुद्ध तीन अंकको लागि खेल्नेछौं । यसका लागि खलाडीमा क्षमता छ ।’
प्रशिक्षक श्रेष्ठले इराकसँगै अन्य दुई टोली पनि बलियो रहेकोले प्रतिद्वन्द्वि रहेकाले सबै खेलहरु टफ हुने बताए ।केही खेलाडी घाइते भएका कारण टोलीमा परिवर्तन गरिएको पनि प्रशिक्षक श्रेष्ठले थपे । अगस्टमा साफ यू-१५ को उपविजेता टोलीमा ४ खेलाडी परिवर्तन छन् ।
सबै टोली उही स्तरका: इराकका प्रशिक्षक हादी
इराकका प्रशिक्षक अली हादीले यस समूहमा सबै उही स्तरको टिम रहेका कारण सबै खेल निक्कै महत्वपूर्ण रहेको बताए । ‘हामीले प्रतिद्वन्द्विहरुको खेल हेरेका छैनौं । घरेलु टोलीविरुद्धको पहिलो खेल पक्कै गाह्रो हुन्छ ’ प्रशिक्षक हादीले भने, ‘टिमको तयरी राम्रै रहेकाले छनोट चरण पार गर्ने हाम्रो योजना छ ।’
सबै खेल महत्वपूर्ण: भारतीय प्रशिक्षक विभियानो
एक महिना अघि नेपालमा आयोजना भएको साफ यू–१५ च्याम्पियनसिपको उपाधि जितेको भारतीय टिमका प्रशिक्षक विभियानो फर्नान्डेजले साफ र एएफसीमा फरक हुने बताए । उनले समूह ‘डी’ मा सबै टोली समान स्तरका रहेकाले सबै खेल निकै महत्वपूर्ण रहेको बताए । ‘हामी साफ यू–१५ को च्याम्पियन हौं । हामीले त्यसपछि कतारमा गएर मैत्रीपूर्ण खेल खेल्यौ । सकरात्मक नतिजा पायौं । तयारी राम्रो छ ’ प्रशिक्षक विभियानोले भने, साफ र एएफसी च्याम्पियनसिपमा फरक छ । पहिलो खेल जहिल्यै पनि कठिन हुने गर्दछ । तर, हामी जित्ने लक्ष्यमा खेल्नेछौं ।’ प्रशिक्षक विभियानोले यो समूहमा इराक बलियो प्रतिद्धन्द्धी रहेको बताए । यस्तै भारतीय टिमका कप्तान विक्रमले तयारी राम्रो रहेकाले यस समूहबाट छनोट हुनेमा आफु आशावादी रहेको बताए ।
हामी छनोट हुनेछौं :प्यालेस्टाइनका प्रशिक्षक याहे असी जालायाजा
प्यालेस्टाइनका प्रशिक्षक याहे असी जालायाजाले टिम राम्रो रहेकाले यस समूहबाट प्यालेस्टाइन छनोट भएर अर्को चरण पुग्नेमा आशावादी रहेको बताएका छन् । ‘यू–१६ टोली नयाँ टिम हो । हामीले यस छनोट खेलको लागि करिब तीन महिना अघिबाट नियमित प्रशिक्षण गरेका छौं ’ प्रशिक्षक याहे असी जालायाजाले भने, ‘यो समूहमा इराक बलियो प्रतिद्धन्द्धी हो । तर, हामी अरु टिमलाई पनि सहज लिने छैनौं । सतर्क भएर खेल्नेछौं । छनोट हुने नै हाम्रो लक्ष्य हो ।’
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]