8 years ago
September 20, 2017
काठमाडौं (हाम्रो खेलकुद) – करिब ३ साता अगाडी भारतसँग साफ यू-१५ च्याम्पियनसिपमा पराजित नेपाली उमेर समूहको टोलीले घरेलु मैदानमा अर्को परिक्षाको सामना गर्दै छ ।
एफिसी यू-१६ च्याम्पियनसिपको छनोट अन्तर्गत समूह ‘डी’ मा नेपालले घरेलु मैदानमा इराकसँग खेल्दै सुरुआत गर्नेछ । इराक अघिल्लो च्याम्पियनसिपको साविक विजेता पनि हो । इराक लगातय प्यालेस्टाइन र भारत पनि यसै समूहमा छन् । गत महिना मात्र साफ यू-१५ टोलीमा भारतसँग दुइ पटक पराजित नेपाली टोलीले अझ कडा प्रतिद्वन्दीको सामना गर्नुपर्नेछ । राष्ट्रिय फुटबल टोलीको फिफा वरियतालाई आधार मान्ने हो भने दुवै प्यालेस्टाइन र इराक भारत भन्दा धेरै माथि छन् ।
यसै प्रतियोगितामा नेपाली टोलीको निटकको इतिहास हेर्ने हो भने २०१४ मा विमल घर्ती मगरको कप्तानीमा रहेको नेपाली टोलीले घरेलु मैदानमा छनोट चरण अन्तर्गतको खेलमा इराकलाई २-२ को बराबरीमा रोकेको थियो । अहिले राष्ट्रिय टोलीका नियमित र महत्वपूर्ण सदस्य विमल र अन्जन विस्टले नेपालका लागि गोल गरेका थिए । अन्य प्रतिद्वन्दी तुर्कमेनिस्तान र बलियो बहराइनलाई हराउँदै बाल गोपाल महर्जनले सम्हालेको टोली छनोट चरणमा समूह विजेता हुँदै थाइल्याण्डको च्याम्पियनसिपमा छनोट टोलीले राम्रो प्रदर्शन गरेपनि समूह चरण पार गर्न सकेको थिएन । त्यसो समय प्रशिक्षकको भूमिकामा रहेका सुनिल श्रेष्ठले यसपटकको टोली सम्हालेका छन् ।
त्यसपछिको ब्याचले किर्गिस्तानमा समूह उपविजेता हुँदै भारतमा सम्पन्न २०१६ को प्रतियोगितामा छनोट भएपनि बढी उमेरको खेलाडी खेलाएको कारण फाइनल चरणको स्थान गुमाएको थियो । नेपालले जोर्डनलाई २-१ र किर्गिस्तानलाई ४-२ ले हराएको थियो भने ओमानसँग ३-१ ले पछि परेको थियो । त्यहि वर्ष इरानलाई फाइनलमा हराउँदै इराकले उपाधि जितेको थियो ।
गत महिना सातदोबाटो स्थित एन्फा टेक्निकल सेन्टरको कृतिम मैदानमा साफ यू-१५ च्याम्पियनसिपको फाइनल पुगेको टोलीमा प्रशिक्षक श्रेष्ठले ४ परिवर्तन गरेका छन् । पहिलो खेलको नतिजाले प्रतियोगिताको अन्य खेलहरु प्रतिको दृष्टिकोणमा असर पार्ने भएका कारण नेपालले शत प्रतिशत दिदै सकारात्मक सुरुआत गर्ने प्रशिक्षक श्रेष्ठको लक्ष्य छ ।
इराकका प्रशिक्षक अलि हादीले भने समूह विजेता हुँदै फाइनल चरणमा पुग्ने लक्ष्य लिएका छन् । उनले नेपाली टोलीलाई बलियो लिएता पनि पहिलो खेलमा जितसँगै प्रतियोगितामा विजयी सुरुआत गर्ने उनको लक्ष्य छ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]