8 years ago
September 20, 2017
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी यू-१६ च्याम्पियनसिपको छनोट चरण अन्तर्गत समूह ‘डी’ को पहिलो हाफ सकिदा नेपाल र इराक गोलरहित बराबरीमा छन् । भ्रमणकारी टोली इराकले निरन्तर दबाब दिएपनि गोल गर्न भने सकेको छैन ।
पहिलो हाफमा इराकी टोली खेलमा हावी देखिएको छ । इराकले निरन्तर नेपालमाथि दबाब सिर्जना गरेपनि नेपालले भने कुनै राम्रो मुभ बनाउन सकेको छैन । फर्स्ट टच र पासमा कम्जोर देखिएको नेपाली टोलीले पटक-पटक पोसेसन गुमाएपछि कुनै प्रहार गर्न सकेको छैन । पहिलो हाफमा नेपाली डिफेन्डरहरु व्यस्त देखिए ।
खेलमा निरन्तर दबाब सिर्जना गरेको इराकले पहिलो हाफमा ६ कर्नर प्रहार गर्ने मौका पाएपनि त्यसलाई सदुपयोग गर्न सकेन । खेलको २८ मिनेटमा इराकका मोहम्मद रिधा अल्घानमीले ६ यार्ड बक्सबाट गोलकिपर बिशाल गुरुङलाई बिट गरेपनि सन्जिब अर्यालले गोललाइनबाट क्लियर गर्दै खेललाई बराबरीमा राखे ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]