default_image

8 years ago

September 20, 2017

छनोट चरणको पहिलो खेलमा नेपाल इराकसँग पराजित

142 views

0 Bookmark

विविध सुवेदी / दिपेन्द्र पोखरेल

काठमाडौं – एएफसी यू-१६ च्याम्पियनसिप अन्तर्गत छनोट चरणको खेलमा नेपाल इराकसँग १-० ले पराजित भएको छ । खेलमा पूर्ण नियन्त्रण बनाएको इराकले गोलकिपर बिशाल सुनारको गल्तीमा गोल गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको हो । 

Nepal concede

तस्विर : विवेक सुवेदी / हाम्रो खेलकुद

पहिलो हाफदेखि खेलमा हावी रहेको इराकी टोली खेलको २८ मिनेटमा अग्रता लिनबाट चुकेको थियो ।  इराकका मोहम्मद रिधा अल्घानमीले ६ यार्ड बक्सबाट गोलकिपर बिशाललाई बिट गरेपनि सन्जिब अर्यालले गोललाइनबाट क्लियर गर्दै खेललाई बराबरीमा राखे  ।

गोलकिपर बिशाल सुनारको गल्तीको सदुपयोग गर्दै सलाह घाजी तालिबले इराकलाई ६८ औं मिनेटमा अग्रता दिलाए । इराको मिडफिल्डबाट झरेको बललाई गोलकिपर बिशालले नियन्त्रणमा नलिदा मन्डलाविले चेज गर्दै गरेको प्रहार गोलमा परिणत भयो । तालिब ६२ औं मिनेटमा मैदान प्रवेश गरेका थिए ।

नेपालले ७२ औं मिनेटमा पाएको पहिलो कर्नर मार्फत बराबरी गर्ने मौका सदुपयोग गर्न सकेन । रन्जन पुनले प्रहार गरेको कर्नरमा रन्दिप पौडेलले ६ यार्ड बक्स भित्रबाट पाएको फ्रि हेडर क्रसबार भन्दामाथिबाट बाहिरियो ।

नेपालले अर्को खेलमा शुक्रबार भारतको सामाना गर्नेछ । भारतले पहिलो खेलमा प्यालेस्टाइनलाई ३-० ले हराएको थियो । त्यस्तै इराकले शुक्रबारको पहिलो खेलमा भारतको सामना गर्दै छ ।

नोट: ५:५५ मा सच्याइएको

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.