default_image

7 years ago

September 20, 2017

साफ यू-१८ : नेपाल भुटानसँग पराजित

काठमाडौं (हाम्रो खेलकुद) – भुटानमा जारि साफ यू-१८ च्याम्पियनसिपमा साविक विजेता नेपाली टोली पहिलो खेलमा पराजित भएको छ । आयोजक भुटानसँग नेपाल १-० ले पराजित भएको हो । पहिलो खेलमा माल्दिभ्सलाई १-० ले पराजित गरेको भुटानको यो लगातार दोस्रो जित हो । नेपालले खेलमा नियन्त्रण गर्दै धेरै जसो समय बलमा पकड जमाएपनि गोल गर्न भने सकेन । भुटानले दोस्रो […]

91 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – भुटानमा जारि साफ यू-१८ च्याम्पियनसिपमा साविक विजेता नेपाली टोली पहिलो खेलमा पराजित भएको छ । आयोजक भुटानसँग नेपाल १-० ले पराजित भएको हो । पहिलो खेलमा माल्दिभ्सलाई १-० ले पराजित गरेको भुटानको यो लगातार दोस्रो जित हो ।

Nepal vs Bhutan

तस्विर : भुटान फुटबल संघ

नेपालले खेलमा नियन्त्रण गर्दै धेरै जसो समय बलमा पकड जमाएपनि गोल गर्न भने सकेन । भुटानले दोस्रो हाफमा पेनाल्टी मार्फत गोल गर्दै प्रतियोगितामा दोस्रो जित हासिल गरेको हो । असिम भुसालले बक्समा ट्याकल गर्ने क्रममा हातले बल छुन पुगेपछि भुटानले पेनाल्टी पाएको थियो । ओर्ग्येन वाङ्गचुक छिरिङ्गले ८५ औं मिनेटमा पेनाल्टीको सदुपयोग गर्दै गोल गरेका थिए ।

नेपालले शुक्रबार माल्दिभ्सको सामना गर्नेछ भने सोहि दिन भुटानले भारतसँग भिड्ने छ । भारत यसअघि पहिलो खेलमा बंगलादेशसँग ४-३ ले पराजित भएको थियो ।

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.