default_image

8 years ago

September 20, 2017

भारतसँगको खेल ‘गर या मर’ – प्रशिक्षक श्रेष्ठ

145 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – इराकका प्रशिक्षक अली हादीले नेपालले डिफेन्सलाई ध्यान दिएको कारण धेरै गोल निकाल्न नसकेको बताए । नेपाली डिफेन्सलाई प्रसंसा गर्दै हादीले नतिजा प्रति सन्तुष्टी जनाए ।   

Iraq

इराकका प्रशिक्षक

जितपछि हादीले नेपालले डिफेन्सलाई बढी जोड दिएर खेल्दा कम स्कोरमा चित्त बुझाउनु परेको बताए । ‘घरेलु टोलीसँग पहिलो खेल नै खेल्नु पर्दा हामीलाई केही गाह्रो भयो । १–० को जितमा पनि सन्तुष्ट नै छु ।’ प्रशिक्षक हादीले भने, ‘टिमको फरमेसन परिवर्तन गर्दा गोल निकाल्न सजिलो भयो । अर्काे खेलमा यो भन्दा राम्रो प्रदर्शन हुनेछ ।’ यस्तै प्रशिक्षक हादीले नेपाली टोलीले पनि राम्रो खेलेको प्रतिक्रिया दिए ।

यता नेपाली टिमका प्रशिक्षक सुनिल कुमार श्रेष्ठले खेलाडीहरुले आज शतप्रतिशत खेलेको बताए । उनले गोलरक्षक र डिफेन्डरले गल्ती गर्दा के हुन्छ त्यो देखिएको बताउदै त्यही नै नेपालको हारमा टर्निङ प्वाइन्ट भएको भएको बताए । ‘हामीले डिफेन्डिङ च्याम्पियनविरुद्ध तीन अंकको लागि नै खेलेका थियौ । तर, शुरुमा नै प्रेसरमा पर्दा खेल डिफेन्समा बढी केन्द्रित देखिएको हो ।’ प्रशिक्षक श्रेष्ठले भने, ‘इराकले पनि नेपाली पोष्टमा धेरै प्रहार गर्न सकेन । इराकसँग १–० ले पराजित भएपनि खेलाडीको मनोवल घटेको छैन । दोस्रो खेलमा अट्याकिङ खेल्नेछौं ।’

Sunil Shrestha

प्रशिक्षक सुनिल श्रेष्ठ

यस्तै प्रशिक्षक श्रेष्ठले समूह चरणको भारतविरुद्ध हुने खेल छनोटको लागि ‘गर या मर’ को खेल रहेको बताए । यसअघि नेपाल भारतसँग दुईपटक हारेपनि डोमिनेट नभई हारेको बताउदै भारतसँग उत्कृष्ट फुटबल खेल्ने बताए । नेपालले शुक्रबार भारतको सामना गर्नेछ ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.