default_image

8 years ago

September 22, 2017

नेपालका लागि भारतसँगको खेल ‘गर या मर’

97 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– एएफसी यू १६ छनोटमा सुखद सुरुआत गर्न बाट चुकेको नेपालले अघिल्लो चरण पुग्ने सम्भावना जीवित राख्न आजको खेल जित्नु बाहेकको विकल्प हुने छैन । बराबरी वा हारले टोली छनोट चरणबाट बाहिरिने लगभग पक्का हुनेछ । यस्तोमा परिस्थितिकाबीच नेपालले चिरपरिचित प्रतिद्वन्द्वि भारतको सामना गर्दैछ । 

साफ यू-१५ को फाइन खेलमा प्रतिस्पर्धा गर्दै खेलाडी । फाइल फोटो

यद्दपी, भारतसँगको पछिल्लो भेट पनि नेपालका लागि सुखद भने थिएनन् । गत महिना सातदोबाटोमा भएको साफ यू १५ को फाइनलमा नेपाल यहि भारतीय टोलीसँग २–१ ले पराजित भएको थियो । खेलमा पहिलो अग्रता लिएपनि नेपालले त्यसलाई जोगाउन सकेन । त्यसअघि समूह चरणमा पनि त्यहि अन्तरमा नेपाल यहि टोली चरणमा पराजित भएको छ ।

महिना दिन पनि नपुग्दै फेरि नेपालले एक पटक भारतको सामना गर्दा नजिता कस्तो आउला भन्ने कतुहलता स्वभाविक हुन आउँछ । भारत पहिलो खेलमा प्यालेस्टाइनलाई ३–० ले हराउँदै सुखद सुरुआत गर्ने टोलीमा पर्दछ । त्यहि नेपालले भने च्याम्पियनसिपको विजेता इराकसँग १–० ले गुमाएको थियो । कम्तीमा गोलरहित बराबरी रोक्ने मौका नेपालले आफै गुमाएको थियो ।

इराकले निरन्तर खेलमा दबाब दिएपनि गोल गर्ने सकिरहेको थिएन । दोस्रो हाफमा नेपाली गोलकिपर विशाल सुनारको गल्तीको फाइदा उठाउँदै एक मात्र गोल गरेको थियो । डिप बस्दै डिफेन्ड गरेको नेपाली टोलीले काउन्टर एट्याक गर्ने अवसर पाएपनि खेलाडीको निरन्तर खराब टच , कमजोर कन्ट्रोल र मिसपासका कारण विपक्षी पोस्टमा आक्रमण गर्न असफल भएको थियो ।

अघिल्ला दुवै खेलमा पराजित भएपनि उच्च मनोबलकै साथ भारतविरुद्ध उत्रने प्रशिक्षक सुनिल श्रेष्ठले बताएका छन् । पहिलो खेलमा इराकसँगको हारपछि उनले भनेका थिए, ‘हामी कुनै मनोबैज्ञानिक दबाबमा छैनौं ।’

श्रेष्ठका भारतीय समकक्षी बिबियानो फर्नान्डेजले पनि अघिल्ला दुई खेलका परिणामले आजको खेल अनुमान गर्न नसक्ने बताएका छन् । ‘यसअघिका दुई खेलमा हराएका थियौं । तर, त्यो नतिजाले शुक्रबारको खेलमा हामीलाई कुनै मद्दत गर्ने छैन,’ प्यालेस्टाइनसँगको जितपछि उनले भनेका, ‘त्यसलाई बिर्सेर एक पटकमा एक खेललाई ध्यान दिएर खेल्नुपर्ने हुन्छ ।’

हलचोकस्थित एपिएफको मैदानमा नेपाल र भारतको खेलअघि आज पहिलो खेल इराक र प्यालेस्टाइनबीच हुनेछ । नेपाल र भारतबीचको खेल ३ः३० बजे सुरु हुनेछ ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.