8 years ago
September 22, 2017
काठमाडौं (हाम्रो खेलकुद)–उपाधि रक्षाको योजना सहित भूटान यात्रामा निस्केको नेपालले पहिलो खेलमै माथ खायो र अनेपेक्षित हार बेहोरेको थियो । साफ यू १८ फुटबल च्याम्पियनसिप बुधबार पहिलो खेलमा नेपाल आयोजक भुटानसँग १–० ले पराजित भएको थियो ।
भुटानले प्रतियोगितामा लगातार दुई खेल जित्दै बलियो दाबेदारी प्रस्तुत गर्दा नेपाल भने पहिलो जितको खोजीमा हुनेछ । आज नेपालले माल्दिभ्सको सामना गर्दैछ ।
पहिलो खेलमा विपक्षीमाथि दबाब सिर्जना गरेपनि नेपालले गोल गर्न सकेन थिएन । उल्टो भुटानले खेल सकिन ५ मिनेटअघि प्राप्त पेनाल्टीमा गोल गर्दै नेपालविरुद्ध कुनै पनि स्तरमा पहिलो जित गरायो । भुटानले यसअघि नेपालको राष्ट्रिय टोली वा उमेर समूहका कुनै पनि टोलीलाई हराउन सकेको थिएन ।
पाँच राष्ट्रको सभागिता रहेको प्रतियोगिता राउन्ड रोविनका आधारमा भइरहेको छ । सबै टोलीले एकअर्कासँग प्रतिस्पर्धा गर्नेपछि अंक तालिकाको शीर्ष दुई स्थानमा रहने टोलीबीच फाइनल हुनेछ ।
प्रतियोगितामा भुटान र बंगलादेशको समान ६ अंक छ भने नेपाल , भारत र माल्दिभ्स अंक विहिन छन् । भारतले पहिलो खेल बंगलादेशसँग ४(३ ले गुमाएको थियो । अन्य खेलमा माल्दिभ्स भुटानसँग १–० ले र बंगलादेशसँग २–० ले पराजित भएको थियो ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]