default_image

8 years ago

September 22, 2017

नेपाल र भारतबीचको पहिलो हाफ गोल रहित

138 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी यू-१६ च्याम्पियनसिप अन्तर्गत छनोट चरणको खेलमा नेपाल र भारतले पहिलो हाफमा गोलरहित बराबरी खेलेका छन् । दुवै टोलीले राम्रो अवसर पाएपनि गोल गर्न भने सकेनन् ।

ranjan pun

तस्विर : विवेक सुवेदी / हाम्रो खेलकुद

पहिलो खेलमा इराकसँग १-० ले पराजित नेपालले भारतसँगको खेलमा राम्रो सुरुआत गर्यो । पाँचौ मिनेटमा नेपालले खेलको पहिलो कर्नर पाएको थियो । रन्जन पुनको कर्नरमा बिर्जेश चौधरीको प्रहार क्रसबारमाथिबाट बाहिरियो ।

भारतले १४ औं मिनेटमा गोल अग्रता लिने अवसर पाएपनि भारतीय कप्तान विक्रम प्रताप सिंहको ८ यार्ड नजितको प्रहार गोलकिपर बिशाल सुनारले ब्लक गरे । नेपालले आकाश बुढा मगरले सुरु गरेको काउन्टर एट्याकमा राम्रो मौका सिर्जना गरेपनि कप्तान रोशन राना मगरले उनको थ्रु बल नियन्त्रणमा लिन नसकेपछि राम्रो अवसर गुमाएको थियो ।

भारतले २४ औं मिनेटमा कर्नर मार्फत गोल गर्ने राम्रो अवसर गुमायो । बिके ओरामको कर्नरमा मोइराइङ्गथेम थोइबा सिंहको हेडर क्रसबार नाजिकबाट बाहिरिएको थियो । त्यसपछि २७ औं मिनेटमा नेपालका लागि रन्जन पुनको कर्नरमा रन्दिप पौडेलको हेडर पनि क्रसबार नाजिकबाट बाहिरियो ।

नेपाली गोलकिपर बिशालले २९ औं मिनेटमा लालछानहिमा साइलोको प्रहारमा उत्कृष्ट बचाउ गर्दै भारतलाई अग्रता लिनबाट रोके । त्यस्तै ४१ औं मिनेटमा दर्शन गुरुङको करिब ३० यार्डको फ्रीकिकलाई भारतीय गोलरक्षक लालबिआकलुआ जोङ्तेले रोकेका थिए ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.