8 years ago
September 22, 2017
विविध सुवेदी / दिपेन्द्र पोखरेल
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी यू-१६ च्याम्पियनसिप अन्तर्गत छनोट चरणको रोमाञ्चक खेलमा २-२ को बराबरी खेल्दै अंक बाँडेका छन् । नेपालका लागि बिर्जेशले दुई उत्कृष्ट गोल गरे भने दोस्रो हाफमा मैदान प्रवेश गरेका भारतीय खेलाडी हर्प्रितले भारतका लागि दुई गोल गरे । करिब एक महिना अघि साफ च्याम्पियनसिपमा दुई पटक पराजित नेपाली टोलीले भारतसँग अंक खोस्न सफल भएको छ ।
तस्विर : विवेक सुवेदी / हाम्रो खेलकुद
पहिलो हाफमा दुवै टोलीले गोल गर्ने थुप्रै अवसरहरु गुमाएका थिए । भारतले १४ औं मिनेटमा गोल अग्रता लिने अवसर पाएपनि भारतीय कप्तान विक्रम प्रताप सिंहको ८ यार्ड नजितको प्रहार गोलकिपर बिशाल सुनारले ब्लक गरे । नेपालले आकाश बुढा मगरले सुरु गरेको काउन्टर एट्याकमा राम्रो मौका सिर्जना गरेपनि कप्तान रोशन राना मगरले उनको थ्रु बल नियन्त्रणमा लिन नसकेपछि राम्रो अवसर गुमाएको थियो ।
दोस्रो हाफको सुरुआतमा भारतले फ्रीकिक मार्फत पहिलो अवसर पाएपनि त्यसलाई सदुपयोग गर्न सकेन । नेपालका असिम गुरुङले विक्रमलाई लडाउँदा करिब १३ यार्डमा पाएको फ्रीकिकमा गिभ्सन सिंह मोइराइङ्गथेमको प्रहार बाहिरिएको थियो ।
कप्तान रोशन ६१ औं मीनेटमा नेपाललाई अग्रता दिलाउनबाट चुके । भारतको बक्समा अन्मार्क्ड रहेका रोशनको प्रहार आकाशिदा नेपालले खेलमा अग्रता लिन सकेन ।
बिर्जेशले ७६ औं मिनेटमा उत्कृष्ट गोल गर्दै नेपाललाई अग्रता दिलाए । सौगात खवासको पासमा डिबक्स बाहिरबाट बिर्जेशको बाँया खुट्टाको प्रहारले पोस्टको दाँयापटिको दिशामा भारतको गोलकिपर जोङतेलाई बिट गरेको थियो । भारतका लागि परिवर्तित खेलाडी हर्प्रितले तीन मिनेटभित्र दुई गोल गर्दै अग्रता दिलाए । ८२ औं मिनेटमा ३५ यार्डबाट गोल गर्दै बराबरी गरेका हर्प्रितले ८५ औं मिनेटमा अर्का परिवर्तित खेलाडी लालरोकिमाको पासलाई ट्याप गर्दै अग्रता दिलाएका थिए ।
बिर्जेशले पुन: ८८ औं मिनेटमा नेपाललाई खेलमा फर्काए । गोलकिपर बिशालले रिलिज गरेको बललाई नियन्त्रणमा लिंदै बक्सभित्रबाट उनको हाफ भली प्रहारले फारपोस्टमा भारतीय गोलकिपरलाई बिट गर्यो ।
बराबरीसँगै भारत दुई खेलमा ४ अंक सहित समूहको दोस्रो स्थानमा छ भने पहिलो अंक बटुलेको नेपाल तेस्रो स्थानमा छ । यसअघिको खेलमा प्यालेस्टाइनलाई ४-० ले हराएको इराक समूहको शिर्षस्थानमा छ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]