8 years ago
September 22, 2017
झापा (हाम्रो खेलकुद)– उपाधिको दाबेदार मानिएको त्रिभुवन आर्मी क्लबलाई स्तब्ध पार्दै मोरङ ११ टुबोर्ग दुधे गोल्ड कपको सेमिफाइनलमा पुगेको छ । विभागिय टोलीलाई टाइब्रेकरमा ४–२ ले निराश पार्दै मोरङ अघि बढेको हो । निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि खेल टाइब्रेकरमा भएको थियो । मोरङले अब सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ ।
मोरङका कप्तान दीपक राई, विक्रम लिम्बु, मिक्चेन तामाङ र सुनिल खड्काले गोल गरे । आर्मीका पदम तामाङ र हिरण्य मगरले मात्र गोल गर्न सके । युद्ध शाही र दीपक गुरुङको प्रहारलाई मोरङका गोलकिपर सूर्य क्षेत्रीले रोकेका थिए । सूर्य नै खेलको म्यान अफ दी म्याच घोषित भए । प्रतियोगितामा भोली अन्तिम क्वार्टरफानलमा रुपन्देही ११ र एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
झापाको शिवशताक्षी नगरपालिकाको दुधे क्लबले आयोजना गरेको प्रतियोगिताको विजेताले उपाधिसहित विजताले ३ लाख १ हजार र दोस्रो हुने टोलीले उपविजेताले १ लाख ५१ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताका सर्वोकृष्ट खेलाडी र उच्च गोलकर्ताले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
दुधे गोल्ड कपमा शनिबारको खेल
एपिएफविरुद्ध रुपन्देही ११
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]
December 20, 2025
एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]