8 years ago
September 22, 2017
भद्रपुर (हाम्रो खेलकुद)– केर्खा स्टार फुटबल क्लब झापा जिल्ला ऐकेडेमी स्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । आयोजक चन्द्रगढी फुटबल एकेडेमीलाई टाइब्रेकरमा ४–३ ले हराउँदै केर्खा अन्तिम चारमा पुगेको हो । निर्धारित समय १–१ को बराबरीमा टुंगिएको खेलमा टाइब्रेकरमा केर्खा स्टार विजयी भएको थियो ।
चन्द्रगढीले पहिलो हाफमा लिएको अग्रता जोगाउन नसक्दा पेनाल्टी सुटआउटमा हार्नु परेको थियो । आठौं मिनेटमा सविन मगरको गोलबाट चन्द्रगढीले अग्रता लिएको थियो । तर, इन्जुरी समयमा केर्खाका लागि दीपेश मगरले बराबरी गोल गरेका थिए । विश्वास श्रेष्ठले रातो कार्ड पाएपछि दोस्रो हाफमा चन्द्रगढी १० खेलाडीमा सिमित भएको थियो ।
खेलमा चन्द्रगढीका राम मार्दी खेलको म्यान अफ दी म्याच घोषित भए । मुनाल क्लब भद्रपुरद्धारा सञ्चालित चन्द्रगढी फुटबल एकेडेमीको आयोजनमा सञ्चालित प्रतियोगिताको विजेताले उपाधिसहित १ लाख १ हजार र दोस्रो हुने टोलीले ५१ हजार रुपैयाँ प्राप्त गर्नेछ । भोली काकरभिट्टा एकेडेमी र रानी पुलिस क्लब विराटनगरबीच प्रतिस्पर्धा हुने प्रतियोेगिता संयोजक युगलकिशोर राईले जानकारी दिए ।
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]
December 20, 2025
एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]