8 years ago
September 23, 2017
मोन्टपिलेर (एजेन्सी) – फ्रान्सेली लिग १ को शीर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मन (पिएसजी) आज राति मोन्टपिलेरको सामना गर्दै छ । विश्वको सबैभन्दा महँगा खेलाडी रहेका नेयमारले भने यस खेल गुमाउने छन् ।
प्रशिक्षणका क्रममा हल्का चोट लागेका कारण नेयमारलाई टोलीमा नराखिएको हो । उनीजस्तै एन्जेल डि मारिया पनि टोलीमा समेटिएका छैनन् । दुवै खेलाडी साताको मध्यमा खेलिने च्याम्पियन्स लिगमा भने फर्किने सम्भावना धेरै छ । नेयमारको स्थान लुकास माउराले लिन सक्ने छन् ।
त्यस्तै जियोभानी सियो मोन्टपिलेरका लागि खेल्न प्रतिबन्धित छन् । गत साता सुरुवात गरेका स्टेफान सेसेन्योन र जेरोम रोसिलोन फेरी पनि टोलीमा स्थान बनाउन सफल हुन सक्लान् । पछील्लो खेलमा मोन्टपिलेरले ट्रोएसलाई १-० ले हराएको थियो ।
पिएसजीले पाहुना टोलीका रुपमा घरेलु लिगका पछिल्ला १२ मध्ये ११ मा जित हांसिल गरेको छ । त्यस्तै पिएसजीको मोन्टपिलेर विरुद्ध रेकर्ड पनि राम्रो छ । मोन्टपिलेरसँग खेलिएका पछिल्ला ८ मध्ये ६ मा उसले गोल खाएको छैन ।
पिएसजीले लिगका सबै ६ खेल जित्दै १८ अंक बटुलेको छ भने तालिकाको १२ औँ स्थानमा रहेको मोन्टपिलेरको केवल ७ अंक रहेको छ ।
खेल नेपाली समय अनुसार साँझको ८.४५ बजे सुरु हुने छ ।
लिग १ मा खेलिने अन्य खेलहरु :
मेट्ज विरुद्ध ट्रोयस – ११.४५ बजे
लियोन विरुद्ध डिजोन – ११.४५ बजे
बोर्डो विरुद्ध गुइनग्याम्प – ११.४५ बजे
कायन विरुद्ध एमियन्स – ११.४५ बजे
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]
December 20, 2025
एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]