8 years ago
September 23, 2017
जनम बराल
झापा – विभागिय टोली नेपाल एपिएफ दुबोर्ग दुधे गोल्ड कपको सेमिफाइनलमा पुगेको छ । रुपन्देही ११ लाई आज २–१ ले हराउँदै एपिएफ अन्तिम चारमा पुगेको हो । अघिल्लो दिन मोरङ ११ सँग स्तब्ध हुँदै अर्को विभागिय टोली त्रिभुवन आर्मी क्लब प्रतियोगिताबाट बाहिरिएको थियो ।
एपिएफका लागि दुवै गोल युवराज खड्काले गरे । पहिलो गोल ३६ औं मिनेटमा गरेका युवराजले अर्को गोल ६१ औं मिनेटमा गरे । रुपन्देहीका लागि ६८ औं मिनेटमा जुडिनले गोल फर्काएका थिए । युवराज नै खेलको म्यान अफ दी म्याच बने र उनले ५ हजार रुपैयाँ प्राप्त गरे ।
झापाको शिवशताक्षी नगरपालिकाको दुधे क्लबले आयोजना गरेको प्रतियोगिताको विजेताले उपाधिसहित विजताले ३ लाख १ हजार र दोस्रो हुने टोलीले उपविजेताले १ लाख ५१ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताका सर्वोकृष्ट खेलाडी र उच्च गोलकर्ताले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
दुधे गोल्ड कपमा पहिलो सेमिफाइनल आइतबार
मोरङ ११ विरुद्ध चर्च ब्वाइज क्लब काठमाडौं
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]