default_image

8 years ago

September 30, 2017

म्यानचेस्टर युनाइटेडको फराकिलो जित

141 views

0 Bookmark

म्यानचेस्टर (एजेन्सी) – म्यानचेस्टर युनाइटेडले आफ्नो घरेलु मैदान ओल्ड ट्राफोर्डमा क्रिस्टल प्यालेसलाई ४-० को फराकिलो गोलअन्तरले हराएको छ । युनाइटेडको जितमा मरोएने फेलाइनीले दुई गोल गरे ।

खेलको तेस्रो मिनेटमै मार्कोस रासफोर्डको पासमा जुवान माटाले गरेको प्रहारद्वारा म्यानचेस्टर युनाइटेडले अग्रता लिन सफल भएको थियो । त्यस्तै खेलको ३५ औँ मिनेटमा फेलाइनीले स्कोर २-० बनाए भने उनले नै दोस्रो हाफको ४९ औँ मिनेटमा रासफोर्डको फ्रिकिकमा हेडरद्वारा गोल गरेका थिए ।

खेलको अन्तिम समयतिर परिवर्तित खेलाडी एन्थोनियो मार्सियालको पासमा रोमेलु लुकाकुले गोल गर्दै युनाइटेडको सहज जित पुरा गरेका थिए । यस गोलसँगै लुकाकुले युनाइटेडका लागि पहिलो ७ खेलमा ७ गोल गर्दै एन्डि कोलको रेकर्ड बराबरी गरेका छन् ।

यस जितसँगै युनाइटेड अंकतालिकाको शीर्ष स्थानमा उक्लेको छ भने क्रिस्टल प्यालेस पुछारमा यथावत् रहेको छ । क्रिस्टल प्यालेसले आफ्ना ७ खेलमा न कुनै अंक बटुलेको छ, न गोलै गरेको छ । इङ्ग्लिस प्रिमियर लिगको इतिहासमा यो कुनै पनि टोलीका लागि सबैभन्दा खराब सुरुवात हो ।

प्रिमियर लिगको शनिबार खेलिएको अन्य खेलहरुको नतिजा –

बोर्नमाउथ ०-० लेस्टर सिटी

स्टोक सिटी २-१ साउथह्याम्पटन

वेस्ट ब्रोम २-२ वाटफोर्ड

वेस्ट ह्याम १-० स्वान्सि सिटी

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

Success

Thank you for your time.