8 years ago
October 19, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर रोहित चन्दको टोली पर्सिजा जकार्ता इन्डोनेसिया लिगा १ मा हिजो पराजित भएको छ । पेरिसपुराले घरेलु मैदान स्टाडियो मंडला जयपुरामा पर्सिजालाई ३–० ले हराएको थियो ।
तीनै गोल दोस्रो हाफमा भएको लिगा १ को वेभसाइटमा उल्लेख छ । बी सोलोसाले ह्याट्रिक गरेका थिए । झन्डै १४ हजार दर्शकका माझ सोलोसाले ६४ औं, ८५ औं र ८८ औं मिनेटमा गोल गरेका थिए ।
जितपछि पेरिसपुरा ५६ अंकसहित दोस्रो स्थानमा उक्लेको छ भने ४९ अंकका साथ पर्सिजा छैटौं स्थानमा यथावत छ । पर्सिजाले ३० खेलमा १३ खेल जितेको छ भने १० खेलमा बराबरी र ७ खेलमा हार बेहोरेको छ । शीर्षस्थानको भंयङकराको ५९ अंक छ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]