default_image

8 years ago

October 21, 2017

माल्दिभ्समा किरणको टोलीको महत्वपूर्ण खेल आज

129 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङको माल्दिभियन टोली टिसी स्पोर्टसले धिवेही प्रिमियर लिग (डिपिएल) मा आज महत्वपूर्ण खेलमा प्रतिस्पर्धा गर्दैछ ।

मुख्यतः त्रिपक्षिय भिडन्त रहेको डिपिएलमा टिसी स्पोर्टसले आज राती माजियासँग प्रतिस्पर्धा गर्न लागेको हो । समान १९ अंक जोडेका यी दुई टोली मध्ये गोलअन्तरमा माजिया दोस्रो र टिसी तेस्रो स्थानमा छ ।

यो खेल हाम्रो लागि एकदम महत्वपूर्ण छ , किरणले हाम्रो खेलकुद डटकमसँग भने, यो खेल जितेको खण्डमा उपाधि जित्ने सम्भावना अझै बलियो हुनेछ । २ अंकले अगाडि रहेको न्यू रेडियन्ट एफसी शीर्षस्थानमा रहेको छ ।

गत बर्ष क्लबमा आबद्ध भएका किरणले टोलीको मनोबल उच्च रहेको बताएका छन् । हामीले यसअघिको १–० ले जितेका थियौं, उनले भने, यो पटक पनि सफलताका लागि सबै दृढ छन् ।

८ टोलीको सहभागिता रहेको डिपिएलमा अब ६ चरणका खेल बाँकी छन् । ८ खेलमा सामन ६ जित हासिल गरेका माजिया र टिसी दुवैले १ बराबरी र अर्को खेलमा हार बेहोरेका छन् । न्यू रेडियन्ट एससीको २१ अंक छ ।

टिसी स्पोर्टस क्लब । फाइल तस्बिर

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.