8 years ago
October 23, 2017
बेथानचोक/काभ्रे (हाम्रो खेलकुद)– अनन्त जीवन युवा क्लबले ढुंखर्क फाइभ ए साइड फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बेथानचोक २ ढुंखर्कको पार्वती माविको मैदानमा आइतबार पेप्सी ब्वाइजलाई टाइब्रेकरमा ३–२ ले हराउँदै अनन्त जीवनले उपाधि जितेको हो ।
निर्धारित ६० मिनेटको खेल २–२ को बराबरीमा टुंगिएपछि खेल टाइब्रेकरमा गएको थियो । अनन्त जीवनले २–० को अग्रता जोगाउन नसक्दा खेल बराबरीमा पुगेको थियो । प्रकाश तामाङ र अनिष तामाङको गोलमा अनन्त जीवनले अग्रता लिएको थियो । तर दोस्रो हाफमा सञ्जिव लामाले २ गोल गर्दै टोलीलाई खेलमा फर्काएका थिए ।
त्यसअघि आयोजक ढुंखर्क फटबल क्लबलाई टाइब्रेकरमा ३–२ ले नै हराउँदै गणेश स्थानले तेस्रो स्थान प्राप्त गरेको थियो । निर्धारित समय २–२ को बराबरीमा टुंगिएपछि पेनाल्टीमा गणेश स्थानले बाजी मारेको थियो । अनन्त जीवनले उपाधिसहित २५ हजार, पेप्सीले १५ र गणेश स्थानले १० हजार रुपैयाँ प्राप्त गरे । सञ्जिव लामा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिदा सूर्य सुनुवार उत्कृष्ट फरवार्ड, राजन लामा उत्कृष्ट रक्षक र सुवास तामाङ उत्कृष्ट गोलकिपर घोषित भए ।
प्रतियोगिताको विजेता उपविजेता र तेस्रो हुने टोलीका खेलाडीलाई बेथानचोक गाँउ पालिकाका अध्यक्ष प्रेमबहादुर तिमल्सिना, वडा अध्यक्षहरु भगवान घिमिरे, दीलबहादुर श्रेष्ठ, लालबहादुर लामा पार्वती माविका प्रधानाध्यापक गोविन्द शर्मा लगायतले पुरस्कृत गरे । पाँच दिने प्रतियोगितामा २९ टोलीको सहभागिता रहेको क्लबका अध्यक्ष विवेक तिमल्सिनाले जानकारी दिए ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]