8 years ago
October 23, 2017
काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन पूर्व निर्धारित समय भन्दा झन्डै तीन साता पछि हुने भएको छ । एन्फाले माघ ११ गतेलाई केन्द्रिय कार्यसमितिको मिति तय गर्दै निर्वाचनका लागि दुई वटा समिति गठन गरेको छ ।
यसअघि पुस २३ गतेका लागि निर्वाचन तय थियो । अबको निर्वाचनले चार वर्षका लागि १७ सदस्यीय कार्यसमितिको समितिको चयन गर्नेछ ।नरेन्द्र श्रेष्ठको अध्यक्षतामा बसेको एन्फा कार्यसमिति बैठकले अधिवक्ता सुमन केसीको संयोजकत्वमा निर्वाचित समिति र मोतीराम गौतमको संयोजकत्वमा निर्वाचत अपिल समिति गठन गरेको छ ।
दुवै समिति दुई वैकल्पिक सदस्यसहित पाँच सदस्यीय रहेको छ । एन्फाले आफु मातहतका जिल्ला समितिलाई पनि निर्वाचनका लागि समय सिमा तोकेको छ । निर्णय अनुसार जिल्लाको निर्वाचन कात्तिकको २५ देखि मंसिरको २५ गते सम्म सक्नु पर्नेछ ।
हरेक जिल्लाबाट १, ए डिभिजन बाट १४, बी डिभिजनबाट ९, सी डिभिजनबाट ५, खेलाडी, प्रशिक्षक, रेफ्री र महिला समितिबाट समान १ गरि ७७ जनाले मताधिकार प्राप्त गर्नेछन् । एन्फा साधारण सभामा प्रतिनिधि भने ७७ को झन्डै तेब्बरको संख्यामा हुनेछ ।
निर्वाचन समितिको उप संयोजकमा लक्ष्मण थापा, सदस्यमा राजुभाई मानन्धर र दुई वैकल्पिक सदस्यमा विजय बस्नेत र सागर केसी छन् । त्यस्तै अपिल समितिको सदस्यमा बालकृष्ण श्रेष्ठ, सूर्य नारायण अधिकारी तथा वैकलिप्क सदस्यमा प्रकाश रावल र गंगा सागर छन् ।
निर्वाचन र अपिल समिति साधारण सभाबाटै पास गर्नु पर्ने प्रावधान भएपनि गत महिनाको विशेष साधारण सभामा नराखिएकोले अहिले निर्णय गरेको एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले जानकारी दिए ।
‘साधारण सभाले निर्णय गर्नुपर्ने थियो । तर गत महिना हाम्रो विधान संसोधन र थ्री स्टारको विषयमा मात्र थियो’ उनले भने, ‘तर निर्वाचनका लागि यी दुवै समिति आवश्यक छन् । त्यसैले निर्णय गर्नुपर्यो । यो निर्णय सबै जिल्ला र क्लबलाई पत्राचार गर्नेछौं । ५० प्रतिशत भन्दा बढीले असहमति जनाएमा पुनः अर्को समिति गठन गर्नुपर्ने हुन्छ नत्र यहि समितिले काम गर्नेछ । ’
तुलाधारले प्रक्रिया अलि लामो हुने भएकाले निर्वाचित केही पछि सार्नु परेको पनि सुनाए । एन्फा केन्द्रिय समितिको पदाधिकारी वा सदस्यका लागि ४० दिन अघि नै उम्मेदवारी दर्ता गर्नुपर्ने वैधानिक व्यवस्था छ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]