8 years ago
October 24, 2017
लण्डन (एजेन्सी) – पोर्चुगल र रियल म्याड्रिडका फरवार्ड क्रिस्टियानो रोनाल्डोले यो बर्षको फिफा बर्ष खेलाडि अवार्ड जितेको छन् । रोनाल्डोले फिफा बर्ष खेलाडिको अवार्ड जितेको यो पाँचौ पटक हो। फिफा ब्यालन डो’रबाट फ्रान्स फुटबलले हात निकालेपछि फिफाले ‘द बेष्ट’ नामाकरण गरेर नयाँ उपाधिको थालनी गरेको दोस्रो बर्ष पनि रोनाल्डोले नै सफलता हात परेका छन्।
यसपटक अवार्ड जित्ने क्रममा रोनाल्डोले बार्सिलोनाका लियोन मेस्सी र पिएसजीका नेयमारपछि पारेका छन् । रियलले गत बर्ष च्याम्पियन लिग र ला लिगा उपाधि जित्दा रोनाल्डोले उत्कृष्ट प्रदर्शन गरेका थिए । म्यानचेस्टर युनाइटेडका पूर्व फरवार्ड रोनाल्डोको नेतृत्वमा आगामी बर्ष हुने फिफा विश्वकपमा पोर्चुगल छनोट भैसकेको छ ।
फ्रान्स फुटबल र फिफाले सन् २०१० देखि संयुक्त रुपमा दिदैं आएको फिफा ब्यालन डो’रमा फ्रान्स फुटबलले हात निकालेपछि फिफाले ‘द बेष्ट’ नामाकरण गरेर गत बर्षबाट नयाँ उपाधिको थालनी गरेको हो।
फिफाले निम्नानुसारको विधाहरुमा उपाधि वितरण गरेको थियो:
‘द बेष्ट’ पुरुष खेलाडी: क्रिस्टियानो रोनाल्डो
‘द बेष्ट’ महिला खेलाडी: लिके मार्टिन्स (नेदरल्याण्ड)
‘द बेष्ट’ पुरुष प्रशिक्षक: जिनेदिन जिदान (रियल म्याड्रिड फुटबल क्लब)
‘द बेष्ट’ महिला प्रशिक्षक: सरिना विग्मन (नेदरल्याण्ड)
‘द बेष्ट’ फिफा गोलकिपर: जियानलुइजि बुफन (ईटाली र युभेन्टस)
फिफा फेअर प्ले अवार्ड: फ्रान्सिस कोने (टोगो)
फिफा पुस्कास अवार्ड: ओलिभर जिरुड (फ्रान्स र आर्सनल)
फिफा फ्यान अवार्ड: सेल्टिक फुटबल क्लब
फिफा विश्व ११: बुफन, बोनुचि, रामोस, मार्सेलो, आल्भेस, मोद्रिच, ईनिएस्टा, क्रुज, मेस्सी, रोनाल्डो, नेयमार
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]
December 17, 2025
एजेन्सी – चेल्सीले कार्डिफ सिटीलाई ३-१ ले पराजित गर्दै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। यो जितसँगै चेल्सी सेमिफाइनल पुग्ने पहिलो टोली बनेको हो। खेलको दोस्रो हाफमा मैदान प्रवेश गरेका आलेहान्द्रो गार्नाचो र पेद्रो नेटो चेल्सीका लागि निर्णायक बने। शनिबार एभर्टनविरुद्ध जितपछि प्रशिक्षक एन्जो मारेस्काले टोलीमा धेरै परिवर्तन गरेका कारण चेल्सीले सुरुवातमा लय समात्न सकेन। […]