default_image

8 years ago

October 28, 2017

एएफसी यू १९ च्याम्पियनसिप छनोटका लागि नेपाली टोलीको घोषणा

174 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– एएफसी यू १९ च्याम्पियनसिप छनोटका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज अपर्ण कार्कीको कप्तानीमा नेपाली युवा टोलीको घोषणा गरेको छ ।

गत महिना साफ यू १८ को विजेता नेपाली टोली । फाइल तस्बिर

 

छिरिङ लोप्साङको नेतृत्वमा रहेको प्रशिक्षण टोलीले अर्को साता सुरु हुने छनोटका लागि प्रेजन तामाङलाई उप कप्तान चयन गरेको छ । किर्गिस्तानमा मंगलबारबाट समूह ‘ए’ छनोट खेल सुरु हुँदैछ । यो समूहमा नेपालसहित आयोजक किर्गिस्तान, बहराइन, संयुक्त अरब इमिरेट्स (युएइ) र ओमान रहेका छन् ।

असोजको पहिलो साता लोप्साङको नेतृत्वमा नेपालले भुटानमा साफ यू १८ च्याम्पियनसिपको उपाधि जितेको थियो । अहिलेको टोलीमा अधिकांश तीनै खेलाडी रहेका छन् । लोप्साङको प्रशिक्षण टोलीमा पुष्कर शाही प्रशिक्षक र मृगेन्द्र मिश्र सहायक प्रशिक्षकका रुपमा रहेका छन् ।

नेपालले मंगलबार आयोजक किर्गिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । नोभेम्बर २ मा बहराइनसँग प्रतिस्पर्धा गर्ने नेपालले नोभेम्बर ४ मा युएइ अन्तिम खेलमा नोभेम्बर ८ मा ओमानको सामना गर्नेछ ।

१० समूहका विजेता र समग्रमा उत्कृष्ट ५ उपविजेता र आयोजक राष्ट्रको सहभागितामा यू १९ च्याम्पियनसिपको अन्तिम चरण अर्को वर्ष आयोजना हुनेछ ।

नेपाली यू १९ फुटबल टोली

१. अपर्ण कार्की – कप्तान
२. प्रेजन तामाङ – उपकप्तान
३. अभिषेक बराल – खेलाडी
४. विश्वास उदास
६. असिम भुसाल
७. राजन गुरुङ
८. सुमन अर्याल
९. निरञ्जन महर्जन
१०. रोमन लिम्बु
११. अशोक थापा
१२. दिने हेन्जन
१३. अभिषेक रिजाल
१४. अनिल महर्जन
१५. सेसच्याङ आङदम्बे
१६. आकाश श्रेष्ठ
१७. अरिक विष्ट
१८. रेजिन सुब्बा
१९. धिरज श्रेष्ठ
२०. सुरज जंग ठकुरी
२१. राजेश परिवार
२२. मनीष थापा
२३. सोजित गुरुङ

प्रशिक्षण टोली
छिरिङ लोप्साङ – मुख्य प्रशिक्षक
पुष्कर शाही – प्रशिक्षक
मृगेन्द्र मिश्र – गोलकिपर प्रशिक्षक

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.