default_image

8 years ago

November 6, 2017

मोराटाको निर्णायक गोलमा युनाइटेड विरुद्ध चेल्सी विजयी

122 views

0 Bookmark

लण्डन (एजेन्सी) – गए राति प्रिमियर लिगमा साविक विजेता चेल्सीले म्यानचेस्टर युनाइटेडलाई १-० ले हराएको छ । घरेलु टोलीको जितमा स्ट्राइकर एल्भारो मोराटाले निर्णायक गोल गरे ।


पहिलो हाफमा दुवै टोली खेलमा अग्रता लिन नजिक आएका थिए । तर चेल्सीका टेमो बाकायोकोले आफ्नो प्रहारलाई पोस्टको दिशा दिन सकेनन् भने युनाइटेडका मार्कोस रासफोर्डको हेडर पनि अग्रता दिलाउन असफल रह्यो ।

दोस्रो हाफको ५५ औं मिनेटमा भने सेजार एज्पिलिक्वेटाको राम्रो पासमार्फत मोराटाले हेडर गोल गर्दै स्कोर १-० बनाएका थिए । खेलको अन्तिमतिर परिवर्तित खेलाडि मरोएने फेलाइनी र रासफोर्ड पुन: टोलीलाई बराबरी दिलाउन चुकेका थिए ।

यस जितसँगै चेल्सी २२ अंकसहित अंक तालिकाको चौथोमा छ भने युनाइटेड २३ अंकसहित दोस्रोमा रहेको छ । यस नतिजाले ३१ अंकसहित अग्रस्थानमा रहेको म्यानचेस्टर सिटीलाई फाइदा पुगेको छ ।

सोही समयमा खेलिएको अर्को प्रिमियर लिग खेलमा एभर्टन वाटफोर्डमाथि ३-२ ले विजयी रह्यो । डिफेन्डर लेटन बेन्सको इन्जुरी समयको पेनाल्टी एभर्टनको जितमा निर्णायक बनेको थियो ।

December 9, 2025

म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

Success

Thank you for your time.