default_image

8 years ago

November 6, 2017

प्रिमियर लिगका दुई खेलाडिलाई बार्सिलोना ल्याउन मेस्सीको आग्रह

111 views

0 Bookmark

बार्सिलोना (एजेन्सी) – बार्सिलोनाका स्टार खेलाडि लियोनल मेस्सीले बार्सिलोनाको बोर्डलाई प्रिमियर लिगका दुई खेलाडि ल्याउन आग्रह गरेका बताइएको छ । त्यस्तै बर्सिलोनाका खेलाडिहरु बेचेर भए पनि ती खेलाडिहरुलाई भित्र्याउन पर्ने मेस्सीले बताएका भन्ने जनाइएको छ ।

इङ्ग्लिस पत्रिका डेलि स्टारका अनुसार मेस्सीले चुनेको दुई नाममध्ये एक नाम लिभरपुलका मिडफिल्डर फिलिप कौटिन्हो रहेको छ । सिजन सुरु हुन अघि बार्सिलोनाले कौटिन्होलाई भित्र्याउन कैयौं प्रयास गरे पनि सो प्रस्तावलाई लिभरपुलले अस्वीकार गरेको थियो ।

त्यस्तै अर्को प्रस्तावित नाम म्यानचेस्टर युनाइटेडका मिडफिल्डर एन्डर हरेराको रहेको जनाइएको छ । पल पोग्बा र निम्यान्या माटिचको उपस्थितिका कारण हरेरा युनाइटेडको पहिलो रोजाईमा खासै पर्न सकेका छैनन् ।

त्यस्तै हरेरा र कौटिन्हो भित्र्याउनका लागि बार्सिलोनाका दोस्रो रोजाईका केहि खेलाडिहरुलाई बेच्न मेस्सीले सुझाव दिएको उल्लेख छ । ती नाममा पाको अल्कासेर र आन्द्रे गोमेज रहेका छन् ।

यस साता सेभिल्ला विरुद्ध दुई गोल हाने पनि अल्कासेरले बार्सिलोनामा खेल्ने खासै मौका पाएका छैनन् । त्यस्तै ठुलो रकममा आएका गोमेजले पनि आफूलाई पहिलो रोजाईका रुपमा स्थापित गर्न सकेका छैनन् ।

बार्सिलोनाले यस सिजन ला लिगामा राम्रो सुरुवात गर्दै ११ खेलमा ३१ अंक बटुलेको छ । बार्सा दोस्रो स्थानमा रहेको भ्यालेन्सियाभन्दा चार अंक तथा प्रतिद्वन्दि रियल म्याड्रिडभन्दा ८ अंकले अगाडि रहेको छ ।

December 9, 2025

म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

Success

Thank you for your time.