default_image

8 years ago

November 7, 2017

नेयमारले रियलमा रोनाल्डोको स्थान लिने!

156 views

0 Bookmark

म्याड्रिड (एजेन्सी)– स्पेनिस क्लब रियल म्याड्रिडले ब्राजिलियन स्टार नेयमारलाई भविष्यमा क्रिस्टियानो रानाल्डोको सट्टाका रुपमा हेरेको र रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेज र नेयमारका बाबुले यस बारे छलफल पनि गरिरकेको बताइएको छ । छलफल मुख्यतः सम्झौतामा उल्लेख हुने सर्तहरुका विषयमा केन्द्रित रहेको समेत जनाइएको छ ।

neymar

तर अध्यक्ष पेरेज र नेयमार सिनियरबीचको छलफलअनुसार रोनाल्डोको रियलसँगको सम्झौता सकिएपछि मात्र नेयमारले रोनाल्डोको ठाउँँ लिन सक्ने छन् । रोनाल्डोको रियलसँग सम्झौता २०२१ मा सकिनेछ ।

नेयमार यहि सिजन बार्सिलोनाबाट कीर्तिमानी १ सय ९८ मिलियन पाउन्डमा पेरिस सेन्ट जर्मेन (पिएसजी ) पुगेका थिए । उनले त्यहाँ पुगेयताका सबै खाले प्रतियोगिताका १२ खेलमा ११ गोल गर्नुका साथै ९ वटा एसिस्ट गरिसकेका छन् ।

नेयमार अहिले फ्रान्सेली क्लबमा खुसी पनि रहेको बताइएको छ । उनी क्लबका लागि लिग १ मात्र होइन युइएफा च्याम्पियनसिप उपाधि पनि जित्ने लक्ष्यमा छन् । जसले उनलाई भविष्यमा बलोन डि’ओर पनि जित्न मद्दत गर्न सक्ने छ ।

रियलले नेयमारलाई लिन खोजेको यो पहिलो पटक भने होइन । रियललाई उछिन्दै २०१३ मा सान्टोसबाट नेयमारलाई भित्राउन बार्सिलोना सफल भएको थियो । ४ वर्षको बार्सिलोना बसाईमा नेयमारले १ सय ८६ खेलमा १ सय ५ गोल गरे । उनले त्यहाँ २ पटक ला लिगा, तीन पटक कोपा डेल रे र २०१५ मा च्याम्पियन्स लिग उपाधि जितेका थिए ।

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

Success

Thank you for your time.