default_image

8 years ago

November 8, 2017

पूर्व खेलाडी थापाका लागि सहयोग जुट्न थाल्यो

169 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – युरोपियन फुटबल महासंघ (युइएफए) को फुटबल व्यवस्थापन सम्बन्धी स्नातकोत्तर (एमए) तहको कोर्सका लागि यहि साता युरोप यात्रामा निस्कन लागेका नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व खेलाडी कुमार थापालाई आर्थिक सहयोग पनि जुट्न सुरु भएको छ ।

फाइल तस्बिर

दुई वर्षे कोर्सका लागि झन्डै ७० लाख रुपैयाँ खर्च हुने र त्यसमध्ये आधा युइएफएले थापालाई छात्रबृति दिएको छ । ३५ लाख रुपैयाँ खर्च गरेर कोर्स पुरा गर्न आफ्नो लागि कठिन भएको भन्दै थापाले मंगलबार पत्रकार सम्मेलनमार्फत सहयोगका लागि अपिल गरेका थिए । राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक समेत रहेका थापालाई सहयोग जुटाउन फुटबल विश्लेषक नवीन पाँडेको पहलमा कोष स्थापना गरिएको छ ।

त्यो कोषमा जम्मा हुने रकमबाट थापालाई सहयोग गरिने र त्यसमा बढी हुने रकम आउने दिनमा आर्थिक अवस्था कमजारे भएकालाई सहयोग गर्ने उद्देश्य रहेको बताइएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रिय सदस्य पंकज नेम्बाङले थापालाई ५१ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।

फाइल तस्बिर

थापाले पत्रकार सम्मेलन गरेको केहि घन्टा पछि समाजिक सञ्जालमार्फत कुमारलाई सहयोग गर्ने नेम्बाङले उल्लेख गरेका छन् । उनको सहयोग प्रति धन्यवाद दिदै लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी र एपिएफका पूर्व कप्तान समेत रहेका थापाले भने,‘त्यो रकम पनि कोषमा जम्मा गरिनेछ । त्यो एउटा दीर्घकालिन लक्ष्यका साथ स्थापना गरिएको कोष हो । आउने दिनमा म जस्तै कसैलाई आवश्यक परेमा त्यसबाट सहयोग गर्न सकियोस् भन्ने कोष स्थापनाको उद्देश्य हो ।’

अहिले स्विट्जरल्यान्ड जानले झन्डै १ लाख ३० हजार रुपैयाँ सोही कोषबाट खर्च गरिने थापाले बताए । उनले आफुले दुई वर्षमा व्यवस्थापन कोर्स सकेपछि फर्केर त्यसले नेपाली फुटबलको व्यवस्थापन सुधारमा काम गर्न सक्ने आशा व्यक्त गरे । ‘हाम्रो फुटबलमा चुस्त व्यवस्थापन छैन भन्ने विषयमा बेला बखत चर्चा हुने गरेको छ । साच्चै व्यवसायिक फुटबलको विकास गर्ने हो भने व्यवस्थापन राम्रो हुनुपर्दछ’ एएफसी ए लाइसन्स कोर्स गरिसकेका ४२ वर्षे उनले भने, ‘अहिले नै मैले यस्तो होला भन्दा त्यो अनुमान मात्र हुन्छ । कोर्स पुरा भएपछि फर्केर नेपाली फुटबलमा केही गर्न सके भने मलाई खुसी पक्कै लाग्नेछ । आफुले कोर्समा सिक्ने विषय आफ्नै देशमा लागु गर्ने सके त्यो भन्दा सन्तुष्टी अरु के होला । ’

थापाले आर्थिक सहयोगका लागि नेपाली खेलकुदका सरोकारवाला नेपाल सरकार, खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद, नेपाल ओलम्पिक कमिटि, एन्फा, व्यापारिक घरना र व्यवसायिक प्रतिष्ठानहरुसँग अपिल गरेका छन् । कोर्सका लागि छनोट हुने मध्ये थापा एक्लो एसियाली हुन् । जसमा विभिन्न देश र क्लबबाट खेलिसकेका २५ जना अन्तर्राष्ट्रिय खेलाडी छन् ।

कोर्स नोभेम्बर १३ तारिखबाट शुरु हुनेछ । कोर्स युरोपेली देश स्विट्जरल्यान्ड, फ्रान्स, इङ्ल्यान्ड, स्पेन, नेदल्यान्ड्स, जर्मनी तथा अमेरिकामा सञ्चालन हुने थापाले जानकारी दिए । कोर्सको परिक्षा सन् २०१९ मे ३१ मा च्याम्पियन्स लिगको फाइनल खेल अघि हुनेछ । दुई वर्षे कोर्ष २०१९ नोभेम्बर १४ मा स्विट्जल्यान्डको नियोनमा सम्पन्न हुने बताइएको छ ।

 

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

Success

Thank you for your time.