8 years ago
November 8, 2017
काठमाडौं (हाम्रो खेलकुद)– एएफसी यू १९ च्याम्पियनसिप फुटबलको दोस्रो चरण पुग्ने लक्ष्यसहित किर्गिस्तानमा पुगेको नेपाली युवा टोली छनोटका खेलमा अंकविहित मात्र होइन गोल विहिन फर्कने सम्भावना देखिएको छ । सुरुआती ३ खेलमा १ गोल नगरी ७ गोल खाँदै छनोट चरणबाट बाहिरिसकेको नेपालले आज ओमानको सामना गर्दैछ ।
नेपाल र ओमानबीचको खेल नेपाली समय अनुसार आज दिउँसो १२ः०० बजे सुरु हुनेछ । ओमानलाई रोक्न सके नेपाल कम्तीमा अंकविहिन हुने छैन । छनोटमा गोलविहिन हुनबाट जोगिन नेपालसँग आज एउटा अवसर रहेको छ । शनिबार युनाइटेड अरब इमिरेट्स (युएई) सँग १–० ले पराजित भएसँगै नेपाल छनोटबाट बाहिरिएको थियो ।
पहिलो खेलमा आयोजक किर्गिस्तानसँग २–० हारेको नेपालले बहराइनसँग खेल ४–० ले गुमाएको थियो । केहि साता अघि साफ यू १८ च्याम्पियनसिप जितेको नेपाली टोली त्यसपछि एएफसी यु १९ को छनोटको यात्रामा निस्केको थियो । अहिले टोलीमा अधिकांश यु १८ च्याम्पियन टोलीका खेलाडी छन् ।
समूह एको अन्तिम दुई खेल बाँकी रहँदा युएई ९ अंकसहित शीर्षस्थानमा छ । सबै ४ खेल खेलेको किर्गिस्तान र बहराइनको समान अंक भएपनि गोलअन्तरमा आयोजक दोस्रो स्थानमा छ । ओमान ४ अंकसहित चौथो स्थानमा छ । पुछारमा रहेको नेपालले खाता खोल्न सकेको छैन ।
आज हुने समूहको अन्तिम खेलमा युएई र बहराइनबीच प्रतिस्पर्धा हुनेछ । छनोटमा समूहको शीर्ष स्थानमा रहने टोली सोझै फाइनलमा प्रवेश गर्नेछ । त्यस्तै दश समूहका विजेता र सबै समूहबाट उत्कृष्ट ५ उपविजेता राष्ट्रले आयोजकसँगै अन्तिम चरणमा प्रतिस्पर्धा गर्नेछन् ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]