default_image

8 years ago

November 8, 2017

पूर्व इटालियन खेलाडि पिर्लोको सन्न्यासको घोषणा

118 views

0 Bookmark

न्युयोर्क (एजेन्सी) – न्यु योर्क सिटीका लागि आफ्नो अन्तिम खेल खेल्दै पूर्व इटालियन खेलाडि आन्द्रे पिर्लोले फुटबलबाट सन्न्यास लिएका छन् । पिर्लो २००६ को विश्वकप विजेता पनि हुन् ।


३८-वर्षीय पिर्लोले इटालीका लागि ११८ खेल खेले भने ब्रेसियाबाट क्लब करियर सुरु गर्दै इन्टर मिलान, एसि मिलान र युभेन्टसजस्ता प्रतिष्ठित क्लबहरुबाट पनि खेलेका थिए । दुई वर्षअघि मेजर लिग सकर (एमएलएस) खेल्न उनी न्यु योर्क सिटी पुगेका थिए ।

“न्युयोर्कसँगको मात्र नभई मेरो फुटबल खेलाडिको यात्राको पनि आज अन्त्य हुँदै छ,” पिर्लोले भने । त्यस्तै आफुले खेलेको हरेक टोली र हरेक खेलाडिसँग खेल्नु निकै गर्व महसुस गरेको पनि उनले आफ्नो ट्विटरमार्फत जनाए ।

इटालीको मात्र नभई पिर्लोलाई विश्व फुटबल इतिहासकै उत्कृष्टमध्ये एक मिडफिल्डर मानिन्छ । उनले आफ्नो खेल जीवनमा ६ सेरिआ, २ कोपा इटालिया, २ सुपर कप, २ च्याम्पियन्स लिग तथा १ विश्वकप उपाधि जितेका छन् ।

फुटबल मैदानको भित्र र बाहिर उत्तिकै प्रभाव रहेको पिर्लोलाई थुप्रै प्रतिष्ठित खेलाडि र प्रशिक्षकहरुले हिजो सामाजिक सञ्जालमार्फत बधाई, धन्यवाद तथा आभार व्यक्त गरेका थिए ।

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

Success

Thank you for your time.