default_image

8 years ago

November 8, 2017

रियलमा केन चाहँदैनन् रोनाल्डो

122 views

0 Bookmark

म्याड्रिड (एजेन्सी) – रियल म्याड्रिडको यस सिजनमा खराब सुरुवातले एउटा स्ट्राइकरको अभाव देखाएको छ । सो अवस्ठामा प्रिमियर लिगमा राम्रो प्रदर्शन गरिरहेका ह्यारी केनलाई सम्भावित दाबेदार मानिएको छ ।

ronaldo bale
तर स्पेनिश फुटबल विशेषज्ञ गुलेम बालागले भने क्रिस्टियानो रोनाल्डोले केनलाई रियलमा नचाहने बताएका छन् । स्ट्राइक करिम बेन्जेमा र रोनाल्डोको खराब प्रदर्शनका कारण रियलले अहिले विकल्प सोच्दै गरेको बुझ्न सकिन्छ ।

रियल म्याड्रिडका स्टार तथा महत्त्वपूर्ण खेलाडि भएकाले ट्रान्सफर गतिविधिमा पनि रोनाल्डोको मत हुने गर्छ । त्यसैले रोनाल्डो आफूलाई बेन्जेमासँगै खेल्न सहज मान्ने भएकाले केनलाई रियलमा नचाहेको बालाग बताउँछन् ।

विगत केहि वर्षदेखि बेन्जेमा आफ्नो उत्कृष्ट लयमा छैनन् । उता तर्फ टोटनह्यामका लागि ह्यारी केन भने २०१७ मा लियोनल मेस्सीपछि सर्वाधिक गोलकर्ताको सूचीमा परेका छन् ।

बेन्जेमा र प्रशिक्षक जिनेदे जिदानले यस सिजनको खराब सुरुवातपछि अर्को सिजन क्लब छोड्न सक्ने सम्भावना रहेको छ । तर रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजलाई दुवैको राम्रो साथ भएकाले जिदान र बेन्जेमाले चाहिने जति समय पाउने देखिन्छ ।

केनको टोटनह्यामसँग च्याम्पियन्स लिगमा ३-१ ले हारेको रियल म्याड्रिड यस साता लास पाल्मासँग ३-० ले विजयी रहेको थियो । अब दुई साता पछि रियल ला लिगामा एट्लेटिको म्याड्रिडको सामना गर्दै छ ।

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

Success

Thank you for your time.