8 years ago
November 8, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली यू–१९ टोली एएफसी यू–१९ च्याम्पियनसिपको समूह चरणको अन्तिम खेलमा ओमानसँग पराजित भएको छ । किर्गिस्तानको विस्केकमा बुधबार भएको समूह चरणको अन्तिम खेलमा नेपाल ओमानसँग ५–० ले पराजित भएको हो ।
विस्केकमा एकपक्षीय बनेको खेलमा ओमानले पहिलो हाफमा ३–० को अग्रता बनाउँदा दोस्रो हाफमा थप २ गोल गर्दै ५–० को सहज जित निकाल्यो । ओमानसँगको हारसँगै समूह ‘ए’ मा नेपालले च्याम्पियनसिपमा जित, गोल र अंक जोड्न सकेन ।
च्याम्पियनसिपको सबै ४ खेलमा नेपालले हार बेहोर्यो । पहिलो खेलमा घरेलु टोली र्किगिस्तानसँग २–० ले पराजित भएको नेपाल दोस्रो खेलमा बहराइनसँग ४–० ले पराजित भएको थियो भने तेस्रो खेलमा युनाइटेड अरब इमिरेट्स (युएई)सँग १–० ले पराजित भएको थियो ।
नेपालले च्याम्पियनसिपका चार खेलमा एक गोल पनि गर्न सकेन भने १२ गोल खान पुग्यो । एक महिनाअघि भुटानमा भएको साफ यू–१८ च्याम्पियनसिप जितेको नेपाली टोली त्यसपछि एएफसी यु–१९ को छनोटको यात्रामा निस्केको थियो । अहिले टोलीमा अधिकांश यु–१८ च्याम्पियन टोलीका खेलाडी छन् ।
समूह ‘ए’को अन्तिम दुई खेल बाँकी रहँदा युएई ९ अंकसहित शीर्षस्थानमा छ । सबै ४ खेल खेलेको किर्गिस्तान र बहराइनको समान अंक भएपनि गोलअन्तरमा आयोजक दोस्रो स्थानमा छ । ओमान ७ अंकसहित चौथो स्थानमा छ । पुछारमा रहेको नेपालले खाता खोल्न सकेन ।
आज हुने समूहको अन्तिम खेलमा युएई र बहराइनबीच प्रतिस्पर्धा हुनेछ । छनोटमा समूहको शीर्ष स्थानमा रहने टोली सोझै फाइनलमा प्रवेश गर्नेछ । त्यस्तै दश समूहका विजेता र सबै समूहबाट उत्कृष्ट ५ उपविजेता राष्ट्रले आयोजकसँगै अन्तिम चरणमा प्रतिस्पर्धा गर्नेछन् ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]