default_image

8 years ago

November 8, 2017

बार्सिलोनाका डेम्बेले समयमै फर्किने

91 views

0 Bookmark

बार्सिलोना (एजेन्सी) – ला लिगाको दोस्रो खेलमा घाइते भएका बार्सिलोनाका फरवार्ड उस्माने डेम्बेले चोटबाट समयमै फर्किने भएका छन् । बार्सिलोनाले यसै वर्ष डेम्बेलेलाई बोरुसिया डर्टमन्डबाट भित्र्याएको थियो ।

Dembele

डेम्बेले सेप्टेम्बर १६ मा गेटाफे विरुद्धको खेलमा घाइते भएका थिए । उनलाई चिकित्सकले पूर्ण फिट हुन तीन महिनाको समय दिएका थिए । अहिले प्राप्त खबर अनुसार उनी डेसिम्बर २३ मा खेलिने एल क्लासिकोभन्दा पहिले नै फर्किने छन् ।

“उनी मैले सोचेभन्दा छिटो ठिक भईरहेका छन् । यहि गतिले ठिक हुँदै गए भने रियलसँगको खेल उनले भ्याउने छन् । अहिले डेम्बेलेले सतर्कता अप्नाए भने उनी त्यति बेलासम्म फर्किने निश्चित छ,” बार्सिलोनाका चिकित्सक साकारी ओराभाले बताए ।

डेम्बेलेको घुंडामा पहिलेदेखि नै समस्या रहेको तर बार्सिलोनामा खेल्न उनी उत्सुक भएका कारण त्यसको वास्ता नगरेकाले उनले थप समस्या झेल्न परेको समेत साकारीले जनाए ।

बार्सिलोनाले डेम्बेलेलाई लियोनल मेस्सी र लुइस स्वारेजसँग अग्रपंक्तिमा खेलाउन किनेको थियो । तर डेम्बेलेको अनुपस्थितिमा बार्सिलोनालाई उनको अभाव भने खासै खड्केको देखिंदैन ।

११ खेलमा ३१ अंकसहित बार्सिलोना ला लिगाको अंकतालिकाको शीर्ष स्थानमा रहेको छ । बार्सिलोना दोस्रोमा रहेको भ्यालेन्सियाभन्दा ४ अंक तथा आफ्नो प्रतिद्वन्दि रियल म्याड्रिडभन्दा ८ अंकले अगाडि रहेको छ ।

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

Success

Thank you for your time.